Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अन्तर्राष्ट्रिय / प्रवास
  • छ महिनामा ३८ पत्रकार मारिए

छ महिनामा ३८ पत्रकार मारिए

alt
  • असार २०, २०७६
  • रासस/सिन्ह्वा

नेदरल्याण्ड । सन् २०१९ को पहिलो छ महिनामा विश्वका विभिन्न २० मुलुकमा गरी ३८ पत्रकार मारिएका जेनेभास्थित ‘प्रेस इम्ब्लेम क्याम्पियन’ (पीइसी) ले बिहीबार जनाएको छ ।

सन् २०१८ को तुलनामा विभिन्न घटनामा मारिने पत्रकारको सङ्ख्यामा ४२ प्रतिशतको कमी देखिएको पीईसीको तथ्याङ्कमा उल्लेख छ । पीईसीले पत्रकारहरूको हत्यामा कमी आउनुलाई सकारात्मक भनेको छ । उक्त संस्थाले अझै पनि मेक्सिको र अफगानिस्तानमा मारिने पत्रकारको सङ्ख्या कहाली लाग्दो रहेको बताएको छ ।

सन् २०१९ को जनवरीदेखि जुनसम्ममा विभिन्न खाले घटनामा गरी मेक्सिकोमा नौ र अफगानिस्तानमा छ पत्रकार मारिएका जनाएको छ । अफगानिस्तानमा आतङ्कवादी समूह र मेक्सिकोमा आपराधिक समूहलाई सञ्चारकर्मीद्वारा गरिने धम्की र चेतावनीका कारण ठूलो धनराशी खर्चिनुपर्ने अवस्था देखिएको पनि पीइसीले उल्लेख गरेको छ । पीईसी महासचिव ब्लाइस लेम्पेनले भने, “सम्बन्धित देशको सङ्घसंस्थाले सञ्चारमाध्यम तथा त्यहाँ कार्यरत पत्रकार र अन्य सञ्चारकर्मीको सुरक्षाको प्रत्याभूत गर्न असफल हुँदा वा आवश्यक कानूनी प्रक्रियामा लान असफल बन्दा यसलाई हेर्न र दण्डहिनताविरोधी सङ्घर्षका लागि अन्तर्राष्ट्रिय समुदायले स्वतन्त्र संरचनाको स्थापना गर्नुपर्ने देखिएको छ ।”

उनले भने, “क्षेत्रीयस्तरमा हेर्दा ल्याटिन अमेरिकी मुलुकहरूमा सन् २०१९ को पहिलो छ महिनामा अन्य क्षेत्रको तुलनामा सबैभन्दा धेरै १५ जना पत्रकार मारिएका छन् भने यससम्बन्धी मध्यपूर्वको तथ्याङ्कमा सुधार आएको देखिएको छ ।” मध्यपूर्वी मुलुक सिरिया र इराक पछिल्लो समय द्वन्द्वका घटनामा पनि कमी आएको र पत्रकारहरूमाथिको आक्रमण पनि तुलनात्मक रूपमा कम बनेको देखिएको हो ।

सरकार, विभिन्न संघसंस्था तथा नागरिक समाजले पत्रकारमाथिको आक्रमणलाई कमी गर्न पत्रकारको सुरक्षामा ध्यान दिनुपर्ने र यसबाट आधाभन्दा बढी पत्रकारको हत्यामा कमी ल्याउन सकिने भन्दै गत बर्ष पीईसीले सोही अनुरूप अघि बढ्ने कार्यक्रमको लक्ष्य निर्धारण गरेको थियो । सन् २०१४ मा स्थापना भएको अन्तर्राष्ट्रिय पत्रकारहरूको समूह पीईसी गैर–सरकारी संस्था हो जसले संयुक्त राष्ट्रसंघसँगको विशेष परामर्शमा पत्रकारलाई वैधानिक संरक्षण तथा सुरक्षाका लागि द्वन्द्वरत क्षेत्रमा काम गर्दै आएको छ ।

सम्बन्धित समाचार
बजेट ल्याउनमा धरान असफल

धरान । सुनसरीको धरान उपमहानगरपालिकाले कानूनी समयसीमाभित्र आगामी आर्थिक वर्ष ...

झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना

भद्रपुर । अमेरिकाबाट भुटान डिपोर्ट भएर भारत हुँदै नेपाल प्रवेश गर्दा तीन मह ...

आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार

धरान । पछिल्लो समय तराईका जिल्लामा ह्वात्तै गर्मी बढ्दा पूर्वको पर्यटकीय ग् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
बजेट ल्याउनमा धरान असफल
झापामा पक्राउ परेका चार भुटानीलाई जरिबाना
आन्तरिक पर्यटकले भरिन थाल्यो भेडेटार
झापामा लम्पी स्किन रोगको त्रास
आजको राशिफलः २०८२ साल असार ११ गते बुधबार
मनमोहनले थाल्यो औषधिमा नयाँ खोज
लम्पी स्किनबाट झापामा ३ हजार १५ वटा चौपाया प्रभावित
सर्पको डसाइबाट बालकको मृत्यु
मेलिनाले नचाइन् धरानेलाई
गणित विषयक कार्यशाला
शेयर बजारको प्रभाव विषयमा कार्यक्रम
युद्धको भूमरीबाट आफ्ना नागरिकको तत्काल उद्धार गरियोस्
आजको राशिफलः २०८२ साल असार ९ गते सोमबार
भित्रियो मनसुनः कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना
पेस्तोलसहित एक भारतीय पक्राउ
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
‘सभापति देउवाको सहमतिमा कार्कीलाई मुख्यमन्त्री बनाइएको हो’
धरानमा कार दुर्घटना ३ जनाको मृत्यु, १ गम्भिर
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved