धरान । मुटुमा समस्या देखिएपछि प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार साँझ अस्पताल भर्ना भएका छन् ।
प्रम ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका हुन् । मंगलबार अचानक मुटुमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो । चिकित्सकका अनुसार प्रम ओलीको अहिले क्याथ ल्यावमा विभिन्न परीक्षण भइरहेको छ ।
लामो समय मिर्गौला डायलसिसमा रहेका प्रम ओलीको अचानक मुटुमा समस्या देखिएको हो । जाँच भइरहेको समस्याको पूर्ण जानकारी भने बाहिर ल्याइएको छैन । प्रम ओलीको करिब १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरिएको थियो ।