ब्लाष्टखबर । महेन्द्र राजमार्ग अन्तर्गत माेरङकाे गोठगाउँमा गुडिरहको यात्रुवाहक बसमा अचानक आगो लागेको छ ।
धरानबाट काँकरभिट्टा जाँदै गरेको जलहरी यातायात प्रालिको को १ ख ६८४१ नम्बरको बसमा गुडिरहको अवस्थामै आगलागी भएको हो ।
बसमा आगो लागेको थाहा पाउन साथ सबै यात्रुहरूलाई ओरालिएकाले सवार सबै यात्रुहरु सकुसल रहको प्रहरीले जनाएकाे छ । आगलागीबाट बसको चालक नजिकै रहेको इन्जिनका भागहरू जलेका छन् ।