धरान । गोरु काटेको आरोपमा खोटाङ प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएर कारबाही अगाडि बढाएको छ ।
खोटाङको साकेला गाउँपालिका ३ मा गोरु काटिरहेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मात्तिमबिर्ताको टोलीले एक बालकसहित दुईजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ पर्नेमा ५५ वर्षीय बुद्धिमान तामाङ र १३ वर्षीय किशोरलाई नियन्त्रणमा लिएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको छ ।
तमोर नदीमा बेपत्ताको शव भेटियो
तमोर नदीले बगाएर बेपत्ता बनेका धनकुटा साँगुरीगढी गाउँपालिका–८ का ६० वर्षीय देवकुमार राई चारदिनपछि मृत फेला परेका छन् ।
चैत २८ गते दिउसो पौडी खेल्न जाँदा उनी नदीले बगाएर बेपत्ता बनेका थिए । राईको खोसतलासका क्रममा मंगलबार साढे ९ बजे फेला पारिएको थियो । बेपत्ता भएको क्षेत्रभन्दा एक सय मिटर तलतिर मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।