ब्लाष्टखबर । माेरङकाे रंगेली नगरपालिका वडा नं. ४ मा एक युवाकाे पिठारीको रुखमा झुण्डिएकाे अवस्थामा शव फेला परेकाे छ ।
चेकाखोलाकाे डिलमा रहेकाे वीरेन्द्र नेपालको जग्गामा रहेको पिठारीको रुखको अन्दाजी ३५ बर्षीय युवा झुण्डिए अवस्थामा मृत्त फेला परेकाे इलाका प्रहरी कार्यालय रंगेलीले जनाएकाे छ ।
फलामकाे तारमा पिठारीको हाँगामा पासाे लगाइ झुण्डिएकाे अवस्थामा भेटिएका ति युवाकाे पहिचान नखुलेकाे प्रहरीले जनाएकाे छ । घटनास्थलमा फलामको चुलेसी पनि भेटेकाे र शव रंगेली अस्पतालमा राखिएकाे प्रहरीले जनाएकाे छ ।
सेताे रंगको भेष्ट, निलो हाप्पेन्ट लगाएको उचाई ५ फिट ५ ईन्च उचाइ रहेकाे मृतकाे बारेका पहिचान नखुलेकाेले प्रहरीले पहिचान भए इलाका प्रहरी कार्यालय रंगेलीको फोन नं. ९८५२०९०१४४ मा सम्पर्क गर्न अनुराेध पनि गरेकाे छ ।