सप्तरी  / लकडाउनको समयमा मान्छे पनि खालखालका भेटिन्छन् । विमारी बोक्ने एम्बुलेन्समा यात्रु बोक्ने, प्रेस लेखेको गाडीमा सामान ओसार्नेदेखि लिएर दुघ बोक्ने गाडीमा रक्सी ओसार्नेसम्मका मान्छे पाइयो ।
सप्तरीमा त एक जना एम्बुलेन्स रिजर्भ गरेर श्रीमति भेट्न गएको समेत पाइयो । गत बैशाख ३ गते बेलुका नक्कली बिरामी बनेर राजबिराज २ का ४० बर्षिय राजेश मिश्र उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित हडियामा
स्वास्थ्य चौकीमा कार्यरत श्रीमति भेट्न जादैं गर्दा सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा समातिएका छन् ।
उनी रक्सीले मातेर राम्रो बोल्न सक्ने आवस्थामा भेटिएका थिए । श्रीमतिलाई भेट्न जान कुनै उपाय नलागे पछि उनले राजबिराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालबाट विमारी डिस्चार्ज पेपर पनि बनाएको पाइएको छ । उनले राजबिराजस्थित बिपी बिचार समाजको स १ च ११२२ नम्बरको एम्बुलेन्स दुरुपयोग गरेका थिए ।

राजविराजदेखि हडियासम्मको बाटोमा प्रहरी प्रशासन लगाएतको आँखा छल्दै सप्तकोसी नगरपालिका प्रबेश गर्ने वितिकै उनी त्यहाँका स्थानीय युवाहरुको फन्दामा परेका थिए । युवाहरुले चेकजाँच गर्दा उनी रक्सीले टिल्ल भएको पाए पछि उनीबारे खोजी गरेका थिए ।
आफुलाइ कम्प्युटर इन्जिनियर बताउने मिश्रले स्थानीयले केरकार गरेपछी आफू बिरामी नभएको तर लकडाउनमा गाडी नचलेका कारण श्रीमति भेट्न एम्बुलेन्स रिजर्भ गरेर हिडेको बताए ।
यता एम्बुलेन्स चालक सन्तोषकुमार यादब भने आफुले डिस्चार्ज पेपर हेरेर बिरामी बोकेको बताए। निजले रक्सी खाए नखाएको आफुले ख्याल नगरेको तर अहिले हेर्दा रक्सिले मातेको पाएको बताएका छन् ।
एम्बुलेन्सलाई फत्तेपुर प्रहरीले नियनत्रणमा लिएको छ । एम्बुलेन्सलाई जरिमाना तिराएर छाडिएको ट्राफिक प्रहरी पोष्ट फत्तेपुर कि सर्इ शशीकुमारी घिसिङले जानकारी दिइन ।
अस्पतालको लेटर प्याडमा डिसचार्ज लेखेको पेपरमा डिस्चार्ज मिति उल्लेख भएको बैशाख ३ गते छ। तर सो दिन राजेश मिश्र नामको कोही मान्छे डिस्चार्ज नभएको अस्पतलाले जनाएको छ । अस्पतालको लेडर प्याड दुरुपयोग गर्नेलाई स्थानीयले कारवाहीको माग गरेका छन् ।

discharge paper