धरान / सुनसरी क्षेत्र नं. १ सांसदहरुले उनीहरुको क्षेत्रका २९ वटै वडाहरुमा वितरण गरिएको राहतका विषयमा नेपाली कांग्रेस धरान नगर कमिटीले विज्ञप्ति जारी गरि राजनीति गर्न खोजेको भन्दैं नेकपा नगर कमिटी धरानले आपति जनाएको छ ।
बुधबार नगरअध्यक्ष नारायण सुवेदी र सचिव सुदर्शन श्रेष्ठले संयुक्त रुपमा विज्ञप्ति जारी गरि आपत्ति जनाएका छन् । कांग्रेसबाट विजयी वडा अध्यक्षहरुले वडाका जनताका लागि दिएको सहयोग उनीहरुलाई नबाढी नगरपालिकामा फिर्ता गरेको भन्दैं उहाँहरुलाई आभार व्यक्तगरिएको छ ।
नेकपा उपमहानगर कमिटीले सुनसरी क्षेत्र नं. १ मा तीन जना सांसद रहेपनि हालसम्म जनताका लागि कुनै सहयोग नगरेको र त्यही लाज ढाक्न अर्काले गरेको सहयोगमा निन्दा गरिएको प्रति भत्र्सना गरिएको छ ।
नेकपाबाट विजयी सांसदहरु जयकुमार राई, भीम आचार्य, उमिता बराइली र सावित्री श्रेष्ठले सुनसरी १ का २९ वटा वडामा करिव १५ हजार केजी चामल उपलब्द गराएका थिए । सो सहयोग धरान उपमहानगरपालिकाको फुडबैकमाजम्मा नगरि स्थानीय मेयर उपमेयरलाई सांसदहरुले वाइपास गरेको भनेर नेपाली कांग्रेस नगर कमिटिले विज्ञप्ति जारी गरि विरोध गरेको थियो ।