धरान । झापाको बुधबारे जेसीजले बुधबार गरेको रक्तदान कार्यक्रममा ९४ युनिट रगत संकलन गरेको छ ।

लकडाउनका बेला रगत अभावलाई मध्यनजर गर्दै जेसीजले झापाको बुद्धशान्ति गाउँपालिकाको तीनतलो सामुदायिक वनको सभाहलमा रक्तदान कार्यक्रम गरेको हो । जेसीजले दुई स्थानमा रक्तदान कार्यक्रम गरेको कार्यक्रमका संयोजक कुशल अधिकारीले जानकारी दिए । बुद्धशान्ति–६ को राधाकृष्ण मन्दिरमा पनि कार्यक्रम गरिएको हो ।

नेपाल रेडक्रस सोसाइटी झापको प्राविधिक सहयोग गरिएको रक्तदानमा सहभागी रक्तदातालाई धन्यवाद ज्ञापन गरिएको अध्यक्ष नन्दकुमार याफू राईले बताए । लकडाउन यता झापामा सबैभन्दा बढी रक्तदान भएको पहिलो पटक हो ।