ब्लाष्टखबर । धरानमा लकडाउनका कारण समस्यामा परेका ७५ यातायात मजदुर परिवारलाई पूर्व डिपो विद्यार्थी संगठनले राहत वितरण  गरेका छन् ।

विहिवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन धरान उपमहानगर कमिटिको संयोजनमा संगठनले राहत उनिहरुलाई १० किलो चामल, १ किलो दाल, १ किलो नुन र आधा लिटर तेल वितरण वितरण गरेको थियो ।

यातायात मजदुर संगठनले सिफारिस गरेको अति विपन्न परिवारलाई राहत वितरण गरिएको पूर्व डिपो विद्यार्थी संगठनका अध्यक्ष एवं धरान १८ न. वडाध्यक्ष प्रविण राईले ।

 पुर्व डिपो विद्यार्थीले ५५ हजार रुपैया वरावरको राहत वितरण गरेको संगठनका उपाध्यक्ष रेखा गुरुङ्गले जनाए । राहत वितरण संगै कार्यक्रममा उपस्थित सम्पुर्णको थर्मल गन द्धारा शरिरको तपक्रम समेत जाच गरिएको थियो । जाच गरिएका सम्पुर्णको शरिरको तापक्रम भने नर्मल देखाएको संगठनका सहसचिव मन्जु राईले जनाए । धरान ७ स्थित सन्ध्या इन होटलको हलमा राहत वितरण गरिएको थियो ।