Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • अर्थ
  • खुशीकाे खवर, मजदुरलाई सरकारले काम दिने

खुशीकाे खवर, मजदुरलाई सरकारले काम दिने

alt
  • वैशाख १८, २०७७
  • ब्लाष्ट खबर
 
काठमाडाैं / सरकारले असङ्गठित क्षेत्रका मजदुरको दैनिकीमा समस्या परेपछि रोजगार उपलब्ध गराउने भएको छ । काम नगर्नेले काम गर्ने मजदुरले प्राप्त गर्ने रकमको २५ प्रतिशत बराबरको खाद्यान्न मात्रै पाउने छ ।
 
यसअघि सरकारले पेशा अपनाउन नसकेर दैनिकीको जोहो गर्न नसकेका मजदुरलाई राहत दिने निर्णय गरेकामा त्यसलाई स्वरुप बदलेर सरकारले काममा लगाउने निर्णय गरेको हो । यही वैशाख १४ गते भएको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडाले असङ्गठित क्षेत्रमा कार्यरत रही हाल बेरोजगार श्रमिकलाई तीनै तहका सरकारी कार्यालयबाट सम्पादन हुने सार्वजनिक निर्माणका काममा लगाउने निर्णय भएको जानकारी दिए ।
 
यसरी काममा लगाउँदा उनीहरुलाई दैनिक ज्यालास्वरुप नगद वा खाद्यान्नको रुपमा उपलब्ध गराइने छ । उहाँका अनुसार असङ्गठित क्षेत्रमा काम गर्ने श्रमिकलाई प्रदान गर्ने राहत मापदण्डको सीमाभित्र रही स्थानीय तहले दैनिक ज्याला दर निर्धारण गर्नेछ । काममा नआउने र नचाहने व्यक्ति राहत माग्न आएमा काममा खटिएका व्यक्तिले पाउने पारिश्रमिकको २५ प्रतिशत हुन आउने रकमको खाद्यान्न मात्र उपलब्ध गराइनेछ ।
 
यससम्बन्धी विधि र प्रक्रिया तयार गरी कार्यान्वयनका लागि आवश्यक सहजीकरण गर्न सरकारले सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई जिम्मा दिएको छ । यसरी रोजगार उपलब्ध गराउने विषयमा वैशाख दोस्रो सातादेखिनै तयारी थालिएको थियो । लकडाउनका कारण व्यावसायिक गतिविधि रोकिँदा असङ्गठित क्षेत्रका श्रमिक, मजदुरलाई तत्कालै समस्या भएपछि चैत १६ गतेको सरकारी निर्णयानुसार राहत दिन शुरु गरिएको थियो । राहत वितरणमा नचाहिने व्यक्तिले पनि लिने प्रवृत्ति देखिएको थियो ।
 
त्यसलाई रोक्न सरकारले नयाँ योजना ल्याएको हो । राहत नचाहिने व्यक्तिले राहत माग्न आएका तर पाउनुपर्ने व्यक्तिले राहत नपाउने अवस्था हुने भएकाले यसरी श्रमका लागि दाबी गर्न आउने व्यक्तिले आफ्नो परिवारको कोही पनि रोजगारीमा नरहेको, औपचारिक रोजगारी नभएको, आयआर्जनको वैकल्पिक उपाए नभएको भनेर स्वघोषण गर्नुपर्ने छ । अन्यथा भएमा कानूनअनुसार कारवाही हुनेछ । त्यसरी घोषणा गरेकामा घोषणा गर्ने र राहत बाँड्नेसमेत जिम्मेवार हुनेछन् । श्रमिकको दैनिकीमा धेरै असर नपर्ने, उद्योगधन्दा पनि ध्वस्त नहुने र सरकारले पनि असीमित दायित्व बोक्नु नपर्ने गरी सरकराले उक्त कार्यक्रम अघि बढाएको हो । यसअघि सरकारले मुलकभर छ लाखभन्दा बढी श्रमिक मजदुरलाई राहत वितरण गरिसकेको जनाएको थियो ।
 
यो क्रम अझै जारी छ । प्रवक्ता डा खतिवडाले कोभिड–१९ का कारण लकडाउनबाट अति प्रभावित भएका श्रमिक तथा न्यूनवर्गीय व्यक्तिको दैनिक जीवन यापनलाई सहज बनाउने तथा उद्योग व्यवसायको संरक्षणका लागि यसअघि कार्यान्वयन गरिएको राहत छुट र सुविधाका कार्यक्रम लकडाउनको अवधि बढ्दै गएकाले पुनरावलोकन गरी थप कार्यक्रम घोषणा गरिएको जानकारी दिए  । उनका अनुसार राहत सहयोग गर्ने संस्थाले स्थानीय तहसँग समन्वय गरेर मात्रै तोकेको क्षेत्रमा मात्रै राहत वितरण गर्नुपर्ने निर्णय पनि सरकारले गरेको छ ।
 
औपचारिक क्षेत्रका मजदुरलाई एक महिनाको आधा तलब
औपचारिक क्षेत्र, उद्योग, पर्यटनलगायतमा काम गर्ने मजदुर कर्मचारी श्रमिकलाई सम्बन्धित रोजगार दाताले वैशाख महिनाको हुन आउने पारिश्रमिकको ५० प्रतिशत तत्कालै उपलव्ध गराउनुपर्ने व्यवस्था पनि सरकराले गरेको छ । डा खतिवडाका अनुसार बाँकी रकम व्यवसाय सञ्चालन भएपछि भुक्तानी गर्ने व्यवस्था मिलाउनु पर्नेछ । यस्ता व्यवसायलाई तरलता वा नगदको समस्या भए नेपाल राष्ट्र बैंकले सरलकर्जा उपलब्ध गराउने व्यवस्था मिलाउने छ । लकडाउनका कारण तरलताको अभाव भएर ज्याला भुक्तानी गर्न असमर्थ भएका ठूला उद्योगलाई पनि सोही प्रयोजनका लागि उपयुक्त धितो लिई सहुलियतपूर्ण कर्जा दिने व्यवस्था नेपाल राष्ट्र बैंकले मिलाउने छ ।
यसरी कर्जाको सुविधा माग गर्ने उद्योग वा प्रतिष्ठानले २०७६ पुस महिनामा सम्बन्धित आन्तरिक राजश्व कार्यालयमा पेश गरेको पारिश्रमिक भुक्तानीको स्रोतमा कर कट्टी गरेको विवरण पेश गर्नुपर्नेछ । “यसको कारण के हो भने कृत्रिम रुपमा कामदार खडा गरेर मजदुर सङ्ख्या यति हुन् भन्ने नहोस् र मर्कामा परेका व्यवसायीले वास्तविक श्रमिकलाई ज्याला तिर्नुपर्ने स्थिति बन्न सकेको छैन, त्यसका लागि सरकारले राष्ट्र बैंकमार्फत सहयोग गर्ने सरकारको अभिप्राय हो”, डा खतिवडाले पत्रकार माझ भने । सरकारले सामाजिक सुरक्षा कोषको योगदानका विषयमा भने कोषमा आवद्ध भएका प्रतिष्ठानमा कार्यरत श्रमिक र रोजगारदाताको तर्फबाट २०७७ वैशाख र जेठ महिनामा गर्नुपर्ने योगदानको रकम असार मसान्तसम्ममा जम्मा गर्न पाउने व्यवस्था मिलाएको छ । अघिल्लो चैत महिनाको योगदान रकम भने सरकारले नै हालेको थियो ।
 
सम्बन्धित समाचार
किरियामा बसेकामाथि आक्रमण

विराटनगर । मातृवियोगको पीडामा रहेका एक परिवारमाथि मध्यरातमा मादक पदार्थ सेव ...

बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु

धरान । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले स्वास्थ्य सेवामा थप ...

धरानको दुर्घटनामा एकको मृत्यु

धरान । सुनसरीको धरान उपमहानगरपालिका–१४ विजयपुर क्षेत्रमा मङ्गलबार बिहान १० ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
किरियामा बसेकामाथि आक्रमण
बीपी प्रतिष्ठानमा हाडजोर्नीसम्बन्धी दुई नयाँ विशेष उपचार सेवा सुरु
धरानको दुर्घटनामा एकको मृत्यु
An Open Protest Letter to President Xi Jinping and Prime Minister Narendra Modi
हैजा नियन्त्रणमा तदारुकता देखाऊ
आजको राशिफलः २०८२ साल भदौ ११ गते बुधबार
धरान १५ को दिप्लुङ बेकरीमा सटर फोडेर चोरी
वीरगञ्जमा फैलियो हैजा: नियन्त्रणमा पहल गर्ने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता
शिक्षा विधेयकविरुद्ध प्रदर्शन
पीडितलाई राहत
कोशी प्रदेशले सार्वजनिक गर्यो महत्वाकाङ्क्षी स्वास्थ्य नीति
१४ वर्षमा पनि बनेन पुल
सञ्चार विधेयकविरुद्ध प्रतीकात्मक विरोध
होटलहरूमा लागूऔषधको कारोबार
धरान–चतरा सडक कालोपत्रेका लागि सर्वे सुरु
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
टिकटकको नयाँ फिचर्स सेवा सुरु
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved