संखुवासभा । संखुवासभा जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन गरिएको छ । जिल्लाबार एसोशियसनकाअध्यक्ष उमेश शाक्यको संयोजकत्वमा ५ सदस्यीय समिती गठन भएको छ । राष्ट्रिय मानव अधिकार आयोगले तयार पारेको कोभिड–१९ को सन्दर्भमा अनुगमन कार्यविधि अनुसार ५ सदस्यीय जिल्ला स्तरीय मानव अधिकार अनुगमन समिति गठन भएको छ ।

जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरी, गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष विनोद सुब्वा गुरुङ,समाज स्पर्श समितीका अध्यक्ष भोला भिषण शाक्य र इन्सेक जिल्ला प्रतिनिधि भविन कार्की सदस्य रहेको बारका अध्यक्ष उमेश शाक्यले जानकारी दिए ।

बैशाख १२ गते बसेको जिल्ला स्तरीय मानव अधिकार अनुगमन समितिमा मनोनित गरेको हो । अनुगमन समितीले कोभिड–१९ विरुद्ध लड्न सरकारले गरेका कार्यहरुको अनुगमन गर्न छ । अनुगमन समितीले मानव अधिकारको अवस्था स्थानिय स्तरमा देखिएका समस्यालाई सहजिकरण गर्न तथा सत्य तथ्य घटनालाई राष्ट्रिय मानवअधिकार आयोगलाई सूचना संप्रेषण गर्ने छ ।