लक्ष्मीमार्ग / १३१ औँ अन्तराष्ट्रिय मजदुर दिवस(मे १)को अवसरमा पूर्वाञ्चल ल्युव आयल प्रालिले सुन्दरहरैचास्थित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।
शुक्रवार भएको उक्त रक्तदान कार्यक्रममा ४३ पिन्ट रगत संकलन भएको थियो । रक्तसंचार केन्द्र धरानको प्राविधिक सहयोगमा सहयोमा भएको रगतको अभाव हुन नदिन रक्तदान कार्यक्रमको आयोजना गरिएको पूर्वाञ्चल ल्युव आयल प्रालिले जनाएको छ । रक्तदानसँगँंगै सुन्दरहरैचाका ५ जना शारिरिक अपाङ्गता भएका व्यक्तिहरुलाई हृील चेयरसमेत प्रदान गरिएको थियो ।