ताप्लेजुङ ।  सदरमुकाम फुङलिङ बजारको पुरानो बैंक लाइनमा आगलागी भएको छ । आगलागीले ८ घर जलेर नष्ट भएका छन् । नजिकैका अन्य दुई घरहरु भत्काईएकाछन् । राती करिब साढे १० बजेदेखि आगलागी सुरु भएको थियो । भण्डारी खाजा घर आसपासबाट आगलागी सुरु भएको स्थानीयले बताएका छन् । यद्यपी कसको घरबाट सुरु भएको भन्ने एकिन भएको छैन ।

आगलागी नियन्त्रणमा नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरीको टोली सहित स्थानीय संयुक्त रुपमा खटिएका थिए । आगलागीले स्थानीय खेम केसी, खड्क थापा, नेत्र कार्की लगायतको घर जलेर नष्ट भएकाछन् । आगो करिव ३ घण्टापछि नियन्त्रणमा आएको थियाेे ।

 राति मानिस सुतिसकेको समयमा आगलागी भएपछि घरमा रहेका ग्यास सिलिण्डर विस्फोट भएरपछि स्थानिय आतंकित बनेका थिए  ।