ब्लाष्टखबर । धरानमा रातको समयमा सब्जी ल्याएर बिक्री गर्ने व्यवसायीलाई २५ सय जरिवाना गरिएको छ ।
पहाडी क्षेत्रबाट लुकाईछिपाई रातको समयमा सब्जी ल्याएर बिक्री गर्ने धरान–१ का दावा शेर्पालाई २५ सय जरिवाना गरिएको हाे ।
कृषि बजार छेउका व्यवसायी दावा शेर्पाले शुक्रबार बिहानको रातको समयमा पहाडी क्षेत्रबाट सब्जी ल्याएर लुकिछिपी बिक्री गरेको पाइएपछि अनुगमन समितिले मध्यराति उनकाे काँटा नियन्त्रणमा लिएको थियाे । उनले विना स्विकृती सब्जी बेचेको पाइएपछि शुक्रबार दिउँसो बसेको अनुगमन समितीको बैठकले कारवाहि स्वरूप जरिवाना गराइएको धरानका अनुगमन अधिकृत बेदप्रसाद सापकोटाले बताएका छन् ।
उनले भने ' नगर प्रहरीकाे राेहबरमा २५ सय जरीवाना गरेर काँटा दिइएकाे छ । उनले ल्याएकाे सब्जी पास लिएर बिक्री गर्ने भनेका छन् । '