यासोक । देश सङ्घीय संरचना गएसंगै बनेका स्थानीय सरकार नागरिकको घर आगनमै छन् । नागरिकको समस्या प्रति स्थानीय सरकारका जनप्रतिनिधि पनि जानकार छन् । स्थानीय निकायको निर्वाचनमा जनप्रतिनिधिले नागरिकको भावना अनुसार काम गर्ने प्रतिवद्धता पनि जनाएका थिए ।
तर कमैले मात्र नागरिक सामु राखेका प्रतिवद्धता पुरा गर्ने गरेको पाइन्छ । तिनै मध्येका एक हुन् पाँचथरको कुम्मायक गाउँपालिका १ का वडा अध्यक्ष देबेन्द्रकुमार लावती । उनि स्वतन्त्र उमेद्वारको रुपमा निर्वाचित एक्ला वडा अध्यक्ष हुन । सामाजिक क्षेत्रमा राम्रो छवि बनाएका उनललाई जनमत पनि मिलेको छ । त्यही जनमतलाई सुरक्षित गर्न वडामा बिभिन्न गतिविधि गर्दै आएका छन् ।
अठयारो अवस्थामा नागरिकको घरमै पुगेर लावतीले बिभिन्न सहयोग गर्दै आएका छन अहिले देश लामो समयदेखि लक डाउन अवस्थामा छ । यस्को प्रत्यक्ष असर जेष्ठ, अपाङग र असक्त नागरिकलाई परेको छ । वडामा नागरिकलाई परेको पीडा सम्बोधन गर्न लावती नागरिको घर दैलोमा पुग्न थालेका छन । लक डाउनले सामाजिक सुरक्षा भत्ता पाउँन नसकेका नागरिकलाई लावतीले वडा सदस्यको सहयोगमा घरमै पुर्याउदै आएका छन । उनको वडामा सामाजीक सुरक्षा भत्ता पाउँने ३ सय ९१ जना नागरिक छन ।
उनिहरुलाई ३९ लाख ५२ हजार रुपैयाँ घर घरमै बितरण हुदै आएको छ । घरमै भत्ता पाएपछि स्थानीय ८७ वर्षिय दुर्गाप्रसाद पनि दंग छन । उनिभन्छन् ‘पहिले पैसा लिन बजार पुग्नु पथ्र्यो, हिडेर जान बुढो सरिरलाई निकै गाह्रो हुन्थ्यो, अहिले घरमै पैसा आएको छ । खान मन लागेको कुरा किनेर खान सजिलो भएको छ खुसि हुर्दै उनले सुनाए ।
वडामा जेष्ठ नागरिक भत्ता २ सय ४१ जनाले बुझ्दै आएका छन । त्यस्तै एकल महिला ८, विधवा ८४, पूर्ण अपाङग १६, अति असत्त अपाङग १८ र बालबालिका २३ गरी ३ सय ९१ नागरिकलाई भत्ता बितरण गर्दै अध्यक्ष लावती बताउँछन् । उनिभन्छन् अठ्यारोमा परेका नागरिकलाई सहयोग गर्नु प्रत्येक जनप्रतिनिधिको कत्तव्य हो ।
नागरिकले गरेको बिश्वासलाई म सम्मान गर्छु । लक डाउनको मुख्य असर जेष्ठ, अपाङग, असक्त र बालबालिकामा परेको छ । यस्तो संक्रमणकालीन अवस्थामा सामाजीक सुरक्षा भत्ता घरमै पर्याउँदा लाभग्राहीले राहातको महसुस छन । उनले थपे वडाको साविक ९ वटै टोलमा सामाजीक सुरक्षा भत्ता बितरण हुदै आएको छ । यो कार्यमा सबै वडा सदस्यहरुले सहयोग गर्दै आएका छन ।
यो सहयोगलाई पनि पनि सहज भएको छ् लावतीले भने । वडाबासीले यस अघि गाउँपालिकको केन्द्र यासोक बजार स्थीत मेगा बैङक शाखा मार्फत समाजीक सुरक्षा भत्ता बुझ्दै आएका थिए ।