धरान / लकडाउन भएको ४० दिन वितिसक्दा पनि सरकारले जनताको सास्ती बुझ्न नसकेको धरानका एक युवाले ७ बुदे माग पत्र सार्वजनिक गरेका छन् । आफु सरकारको बेथितिबारे उजागार गर्न सडकमा उत्रिएको बताएका छन् ।
धरान उपमहानगरको गत मंसिरको उपनिर्वाचनमा स्वतन्त्रबाट मेयरको उम्मेद्वारसमेत बनेका धरान–१८ का हर्क साम्पाङले शनिबार धरानको भानु चैकमा आफुलाई यो देशको एउटा करदाता र मतदाता जनाउदै लिखित मागपत्र सार्वजनिक गरका हुन ।
तीनै तहका नेपाल सरकार भनि सम्बोधन गरी माग पूरा गरी स्थिति सुधार गरिपाऊँ ७ बुँधे माग पेस गरेका छन् ।
उनले विदेशमा र स्वदेशमै विभिन्न ठाँउमा अड्किएर बसेकाहरुले घरसम्म ल्याउने व्यवस्थ गर्नु पर्ने, घर फर्कन चाहने विदेशीहरुलाई स्वदेशमा ल्याएर क्वारेन्टाइनमा राखि सुरक्षितलाई घर संक्रमितलाई उचित उपचारको व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।
राहत वितरणमा दलीय र जातिय विभेद नहोस, पाउनु पर्नेले पाओस नपाउनु पर्नेले नपाओस् समेत भनेका छन् । यस्तै साना खुद्रा व्यपारी मारमा परेको र ठूला व्यपारीहरुको चैन भएको अवस्था रहेको कुरा व्यक्त गरिएको छ । सवै व्यवसायीहरुलाई समान व्यवहार गर्न माग गरेका छन् । कालाबजारी र भ्रष्टचार गर्नेलाई कडा भन्दा कडा कार्वाही गर्न पनि माग गरिएको छ ।
कोरोनाको उपचारमा खटिएका चिकित्सकहरुलाई प्रयाप्त सुरक्षा सामग्री ऊलब्द गराउन र अन्य विमारीहरुलाई उचित रुपमा उपचार गर्ने व्यवस्था मिलाउनसमेत माग गरेका छन् ।