ब्लाष्टखबर । सरकारले गरेको लकडाउनका सुन-चाँदी पसलमा कार्यरत कालिगढहरूलाई नेपाल राष्ट्रिय सुन-चाँदी व्यावसायी मञ्च धरान शाखाले करिब ४२ हजार मूल्य बराबरको राहत वितरण गरेकाे छ । शनिबार मञ्चले उपमहानपालिका वडा नम्बर २ स्थित रत्न रोडमा धरान उपमहानगरभित्रका विभिन्न सुन-चाँदी पसलमा काम गर्ने ५० जना कालिगढलाई चामल, दाल, तेल लगायतका खाद्यन्न  वितरण गरेका हाे । २ नम्बर वडाका वडा सदस्य बुना शंकरको उपस्थितिमा मञ्चका अध्यक्ष बालकुमार शंकर, उपाध्यक्ष मीरा धमला, कोषाध्यक्ष जितबहादुर कालिकोटे, सचिव प्रकाश बराइलीलगायतले राहत वितरण गरेका हुन् । 

 लकडाउनको समय लम्बिने सम्भावना भएकाले विपन्न कालिगढहरूलाई आगामी दिनमा पनि मञ्चले आवश्यक सहयोग गर्ने उपाध्यक्ष धमलाले बताइन् । सरकारले चैत ११ गतेदेखि लकडाउन गरेकाे छ । जसका कारण व्यापार व्यवसाय ठप्प छ ।