धरान / प्रहरी प्रधान कार्यालयले ६ जिल्लामा प्रहरी उपरीक्षक (एसपी)को काज सरुवा गरेको छ । ती जिल्लामा कार्यरत एसपी बढुवा भएका थिए ।
सुनसरीमा कमल थापा ल्याइएको छ । सुनसरीमा रहेका यज्ञविनोद पोखरेल बढुवा भएर भएका थिए । यस्तै बर्दियामा केदार रजौरे, नवलपरासी (पश्चिम)मा अजय केसी, बाग्लुङमा शारदा चौधरी, दाङमा गणेश चन्द र कैलालीमा अनुपमशमशेर जबरालाई पठाइएको प्रहरी प्रधान कार्यालय काठमाडौले जनाएको छ ।
बर्दियाका राजेश बाँस्तोला, नवलपरासी (पश्चिम)का लालमणि आचार्य, दाङका अजय भट्टराई, बाग्लुङका नवराज भट्ट तथा कैलालीका सुदीप गिरी एसएसपीमा बढुवा भएपछि ती जिल्लामा एसपीको दरबन्दी रिक्त भएको थियो । उनीहरुलाई हेडक्वाटर तानिएको छ । कहाँ पठाउने भन्ने निर्णय भएको छैन् ।