पथरी । पथरी–काठमाडौ मैत्री समाजले मोरङको विभिन्न पालिकामा पीपीइ वितरण गरेको छ । समाजले कोभिड–१९ को महामारी रोकथाममा खटिएका स्वास्थ्य चौकी तथा अस्पतालका स्वस्थ्यकर्मीका लागि पीपीइ प्रदान गरेको हो ।

समाजका संस्थापक संयोजक टीका गौतमको पहलमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले उपलब्ध गराएको पीपीइ पथरीशनिचरे, रतुवामाई, उर्लाबारी, लेटाङ, बेलबारी, सुन्दरहरैचा नगरपालिका र मिक्लाजुङ, कानेपोखरी गाउँपालिकामा वितरण गरिएको समाजका सचिव अशोक खनालले बताए । सामान उपलब्ध गराएर समन्वय गर्न अवसर दिएकोमा अमेरिका नेपाल चिकित्सा प्रतिष्ठानले र डा. भुपेन्द्रकुमार बस्नेतलगायत सो अभियानमा सहयोग पु¥याउने जनप्रतिनिधिहरूलाई समाजका संस्थापक संयोजक टीका गौतमले धन्यवाद व्यक्त गरे ।

समाजको संस्थापक संयोजक टीका गौतम, अध्यक्ष लक्ष्मीप्रसाद कोइराला, उपाध्यक्ष विकास घिमिरे, सचिव अशोक खनाल र सल्लाहकार सदस्य यज्ञप्रसाद चौलागाईंको टोलीले उक्त सामाग्री पालिकाहरूमै पुगेर हस्तान्तरण गरेको छ । समाजले केही दिनअघि कोभिड–१९ को महामारीमा काठमाडौंमा अलपत्र परेका पथरीशनिस्चरे नगरबासीहरूलाई नगरपालिकाको समन्वयमा बस रिजर्भ गरेर नगर पठाएको अध्यक्ष कोइरालाले बताए ।