धरान । धरान–१८ घोपा क्याम्प अगाडि फार्मेसी चलाएर बस्दै आएका सप्तरी बोधेबर्साईं नगरपालिकाका एक परिवारलाई सप्तरीकै एम्बुलेन्सले धरान ल्याएको खुलेको छ ।
एम्बुलेन्सका चालकका अनुसार धरानमा समेत त्यो परिवारको घर रहेकाले रातको १२ बजे पु¥याएर आफू फर्किएको हो । महेन्द्र राजमार्गको कल्याणपुर क्षेत्रबाट करिब ८ किलोमिटर भित्र त्यो परिवारको पैतृक घर पर्दछ । बोधेबर्साईं नगरपालिका–६ जाँगरगाउँमा उसको पैतृक घर रहेको छ । घोपा क्याम्प अगाडि ग्रीन फार्मेसी चलाउँदै आएका व्यक्ति हुन् । ‘फार्मेसी पनि वहीँ छ, छोरालाई पनि पठाउँदै थियो ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा कोरोना परीक्षण गराएका कारणले आफूले ल्याएको चालक डम्बरनारायण यादवले बताए । ‘सगरमाथामा कोरोना–सोरोना चेक गराएर गएको छ, मलाई कागजपत्र सबै हेरायो सर’ उनले भने, ‘भन्छ कि छोरालाई पढाउनु छ, कोचिङ सुरु भइसकेको छ भनेर भन्छ ।’