विराटनगर । जनताको सुराक्षामा खटिएको प्रहरीलाई नेपाल औषधी व्यवसायी संघ मोरङ शाखाले औषधी र स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संघले इलका प्रहरी कार्यालय रंगेलीलाई आइतबार स्वास्थ्य सामाग्री प्रदान गरेको हो ।
कोरोना भाइरसबाट बच्न सेनिटाइजर, माक्स, ग्लप्स प्रदान गरिएको नेपाल औषधी व्यवसायी संघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले जानकारी दिए । इप्रका रंगेलीलाई १० लिटर सेनिटाइजर र अन्य स्वास्थ्य सामाग्री प्रदान गरिएको छ । संघले औषधीहरू पनि प्रहरीलाई प्रदान गरिएको थियो । नेपाल औषधी व्यवसायी संघ मोरङका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल, महासचिब दिनेश ठाकुर, सचिब हरिराज रेग्मी, सहकोषध्यक्ष पुष्पराज पोखरेल र सदस्य प्रकाश धिमालले संयुक्त रूपमा रंगेली प्रहरी प्रमुख इन्सिपेक्टर लेखनाथ निरौलालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका थिए । संघले हस्तान्तरण गरेको स्वास्थ्य सामाग्रीहरू रंगेली प्रहरी माहतमा रहेको सम्पूर्ण युनिटमा खटिएको प्रहरीलाई वितरण गरिने इनिस्पेक्टर दाहालले बताए ।
यस अघि पनि संघ मोरङले बुढीगंगा गाउँपालिका – १ पुष्पलालचौक स्थित महिला जागृती वृद्धा आश्रम र विराटनगरमा रहेको विराटेश्वर वृद्धाआश्रममा रहेका जेष्ठ नागरिकहरूलाई औषधी र खाद्यान्य वितरण गरेको थियो । लकडाउनको समयमा आश्रममा रहेका वृद्धाहरूलाई औषधी खरिद गर्न समस्या भइरहेको अवस्थालाई मध्यनजर गर्दै औषधी र खाद्यान्य सहयोग गरेको बताइएको छ ।