धनकुटा । पाख्रीवास नगरपालिकाको सरकारी जिप आइतबार राती हिले पाख्रीवास सडक खण्डमा दुर्घटना भएको छ ।
पाख्रीवास नगरपालिका वडा नं.३ कृषि फर्म नजिकै दुर्घटना हुँदा जिपमा सवार तीन जना घाइते भएका छन् । पाख्रीवास नगरपालिका कार्यालयको को १ झ ६६४ नम्बरको जिप करिब ९ बजे राती पाख्रीवास हिले सडक खण्डमा दुर्घटना भएको जिल्ला ट्राफिक कार्यालय धनकुटाले जनाएको छ ।

दुर्घटनामा परी जिप चालक पाख्रीवास नगरपालिका वडा नं.३ घर भएका वर्ष ३४ का मनोजकुमार राई । जिपमा सवार भोजपुर जिल्लाको गोगने घर भै पाख्रीवास न.पा.वडा नं.४ मा बस्दै आएका वर्ष १५ का सुदिप परियार घाइते भएका छन् । त्यसैगरी जिप दुर्घटना भएको देखेर भाग्ने क्रममा लड्दा महालक्ष्मी नगरपालिका वडा नं.७ घर भै पाख्रीवास न.पा. वडा नं.४ मा बस्दै आएका वर्ष २४ का बसन्त श्रेष्ठ पनि घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय धनकुटामाका  दिपक खड्काले बताएका छन् ।

दुर्घटना पछि घाइते तीनै जनाको पाख्रीबासस्थित पोलिक्लिनिकमा उपचार भैरहेको प्रहरीले जनाएको छ । पाख्रीवास नगरपालिकाका प्रमुख वृष बहादुर राईलाई साँझ घर पुर्याएर  महावोधी पेट्रोल पम्पमा तेल हालेर फर्कने क्रममा दुर्घटना भएको थियो । गाडी तिब्र गतिले हो या ब्रेकफेल भएर दुर्घटना भएको हो भन्ने बारे प्रहरीले अनुसन्धान गरिहेकोे ट्राफिक प्रहरी दिपक खड्काले जानकारी दिएका छन् । गाडी सडकबाट ५० मिटर तल खसेको थियो ।