ब्लाष्टखबर। संख्रवासभामा हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर एक महिलाकाे मृत्यु भएकाे छ भने धनकुटामा आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु एक बालकाे मृत्यु भएकाे छ ।
आईतबार दिउँसो २ बजेको समयमा संखुवासभाको सभापोखरी गाउँपालिका–१ को सादीबेसीमा रहेको दिब्यश्वरी हाईड्रो पावरको पानी जमाउने पोखरीमा डुबेर गाउँपालिका –२ की ३२ बर्षीया चन्द्र कुमारी राईकाे मृत फेला परेकी हुन् ।
घटनाको जानकारी पाए लगत्तै जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट खटिएको प्रहरी टोलीले कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल खाँदवारी पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ ।
यसैगरी धनकुटा नगरपालिका–१ जौटार बस्ने राजिव तितुङको १८ महिनाकी छोरी सिर्जना तितुङको आफ्नै घरमा रहेको पानीको ड्रममा डुबेर मृत्यु भएको छ । आईतबार अपरान्ह ५ बजेको समयमा बालिका पानीको ड्रममा डुबेर मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त भएसंगै जिल्ला प्रहरी कार्यालय धनकुटाबाट खटिएको प्रहरी टोलीले मृतकको कानूनी प्रकृया पुरा गरी शव परिक्षणको लागी जिल्ला अस्पताल धनकुटा पठाएको छ भने अन्य थप अनुसन्धान भईरहेको उक्त कार्यालयले जनाएको छ