उर्लाबारी / आर्थिक अभावमा उपचार नपाएका उर्लाबारीका दुई जना बिरामीहरुको निशुल्क उपचार हुने भएको छ । नगर प्रमुख खड्ग फागोको पहलमा उर्लाबारी–२ का धनबहादुर मगर र वडा नं.–३ का प्रकाश बिकको उपचार नोवेल अस्पतालले गर्ने भएको हो ।
दैनिक ज्यालादारी गर्दै आएका २२ बर्षीय मगरको टाउकोमा टेप वमको संंक्रमण र २९ बर्र्षीय बिकको ६ महिना सडक दुर्घटना परि घाइते भई आर्थिक अभावका कारण उपचार हुन नसकेको परिवारजनले बताएका छन ।