संखुवासभा । जिल्लाको सभापोखरी गाउँपालिका वडा नं. २ मा जंगली च्याउ खाएर ६ जना बिरामी परेका छन् ।
शनिबार बेलुका स्थानीय सन्देश राईले जंगलबाट टिपेर ल्याएको जंगली च्याउ खाएकै कारण दुई परिवारका ६ जना बिरामी भएका हुन् । सन्देशकी २४ बर्षिया पत्नी मनिला राई, छोरी ३ बर्षिया सुपी राई र छिमेकी २५ बर्षिया दिनेश राई, उनकी पत्नी २४ बर्षिया अनिता र ३ बर्षिया छोरी आकांक्षा बिरामी भएका हुन् । बिरामी ६ जनाका जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।