धरान । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडाकी एक बालिकालाई खोलाले बगाउँदा मृत्यु भएको छ ।

१४ वर्षीया बालिका अम्बिका रोक्काको सोमबार बाख्रा चराएर फर्किने क्रममा साप्सु खोलाले बगाएर बालिका बेपत्ता बनेकी थिइन् । अचानक आएको बाढीले बगाएर बेपत्ता बनेकी बालिका मृत अवस्थामा एक किलोमिटर तल भेटिएको थियो । प्रहरी चौकी चिउरीडाँडाबाट खटिएको प्रहरी टोली र स्थानीयबासीको सहयोगमा बालिकालाई खोज्दा घटनास्थलभन्दा एक किलोमिटर तल भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । मृतक बालिकाको पोष्टमार्टमको लागि जिल्ला अस्पतालमा लगिएको छ । आवश्यक प्रक्रिया पूरा गरी आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।