संखुवासभा । जिल्ला सदरमुकाम खाँदबारीसहित आसपासका बजारमा निशेधाज्ञाको अनुगमन गरिएको छ । जिल्ला प्रशासन कार्यालयमार्फत सोमबार दिउँसो खाँदबारी, मानेभञ्ज्याङ बजार र तुम्लिङटार अनुगमन भएको हो ।
बैशाख २६ गते रातिदेखि जिल्ला भरि नै निशेधाज्ञा जारि भएको छ । जारि निशेधाज्ञाको कार्यन्वयनकाको अवस्थाका विषयमा जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेको नेतृत्वमा अनुगम भएको छ ।
अनुगमनमा प्रहरी कार्यालय, पत्रकारहरु तथा जनप्रतिनीधीकाहरुको उपस्थिती रहेको थियो । औषधी पसल लगायतका अत्याआवश्यक पसल बाहेक अन्य पसलहरु सञ्चालनमा रोक लगाईएको छ ।
अनुगमनका क्रममा भेटिएका निर्देशन विपरित खुलेका पसलहरुलाई बन्द गर्न अनुरोध गरिएको र अवज्ञा गरे नियामनुसार कारवाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताए ।
अत्याआवश्यक काम बाहेक हिंडडुल गर्न समेत रोक लगाईएको छ । अत्याआवश्यक काममा हिड्नै परेपनि सुरक्षा मापदण्ड पुरा गरेर हिँडडुल गर्नुपर्ने सहायक प्रमुख जिल्ला अधिकारी घिमिरे बताए ।
कोरोना संक्रमितको संख्यामा वृद्धि भएपछि जिल्ला प्रशासन कार्यालय संखुवासभाले आइतबारबाट पहिलो चरणको निषेधाज्ञा जारी गरेको हो । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) संखुवासभाको शुक्रबार बसेको बैठकले बैशाख २६ देखि जेष्ठ २ गते राती १२ बजे सम्म जिल्ला भर निषेधाज्ञा गर्ने सिफारिस गरेको हो ।
संक्रमण रोक ऐन, २०२० को दफा २, र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६९३० अनुसार जिल्ल भरी लागु हुने निषेधाज्ञा जारी गर्ने निर्णय सुरक्षा समितिले गरेको छ । निषेधाज्ञा प्रभावकारी बनाउन सुरक्षा व्यवस्था कडा पारिएको छ । जिल्लामा हाल सम्म एक सयबढि सकृय संक्रमित रहेको छ भने १४ जना निको भएर घर फर्कि सकेका छन् ।