विजयपुर । कौडिन्य गोत्रीय आचार्य महिला समाजको अध्यक्षमा अम्विका आचार्य चयन भएकी छन् ।

शनिबार सम्पन्न दोस्रो अधिवेशनले आचार्यको अध्यक्षतामा १३ सदस्यीय समिति गठन गरेको छ । समितिको उपाध्यक्षमा कुसुम आचार्य, सचिवमा मेनुका आचार्य, सह–सचिवमा ईश्वरा आचार्य र कोषाध्यक्षमा सुनिता आचार्य चयन भएका छन् ।

समितिको सदस्यहरूमा सीता आचार्य, सरिता आचार्य, उमा आचार्य, लता आचार्य, दीपा आचार्य, गङ्गा आचार्य, निरजा आचार्य, सावित्रा आचार्य र रजनी आचार्य चयन भएका छन् ।

समाजको वरिष्ठ सल्लाहकारमा भीमा आचार्य, सरिता आचार्य, कामना आचार्य र गायत्रा आचार्य रहेका छन् । समाजको संरक्षकमा श्याम आचार्य, चन्द्रकला आचार्य रहेका छन् ।

समाजको मानार्थ सदस्यमा राधिका ढकाल रहेकी छन् । अधिवेशनमा प्रदेश १ का निवर्तमान मुख्यमन्त्री भीम आचार्य, धरान उप–महानगरकी उपप्रमुख मञ्जु भण्डारी, गोविन्दराज आचार्य, डा. गोपाल भण्डारी, ब्राह्मण समाजका प्रदेश  १ का अध्यक्ष केशव अधिकारी, मनिहारी सङ्घका अध्यक्ष रामस्वरूप शर्मालगायतको उपस्थिति रहेको थियो ।