Blast Khabar
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
  • Home
  • राष्ट्रिय
  • अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधानका लागि निर्देशन

अरुण तेस्रो आयोजनामा देखिएका समस्या समाधानका लागि निर्देशन

alt
  • चैत २१, २०८०
  • ब्लाष्ट खबर

 अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष वर्षमान पुनले अरुण–३ जलविद्युत् आयोजना निर्माणका क्रममा देखिएका समस्या समाधानका लागि सहजीकरण गर्न र आयोजनाको काम तीव्रताका साथ अगाडि बढाउन निर्देशन दिएका छन्। 

लगानी बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायका अनुसार मङ्गलबार बसेको अनुगमन तथा सहजीकरण समितिको ११औँ बैठकपछि अर्थमन्त्री पुनले यस्तो निर्देशन  दिएका छन्।

अरुण तेस्रो जलविद्युत् परियोजनाको विकासकर्ता कम्पनी एसजेभिएन अरुण–३ पावर डेभलपमेन्ट कम्पनी लिमिटेडबाट माग भएको मूल्य समायोजनअनुसारको रकम सटही एवं स्थानान्तरण, परियोजनाको ड्याम साइट पहुँचमार्गका रूपमा प्रयोग भैरहेको कोशी राजमार्गको खाँदबारी–दोभान सडकखण्ड स्तरोन्नतिसम्बन्धी विषय र छ्याङ्कुटीदेखि दिदिङसम्मको परियोजनाको पावर हाउस प्रवेशमार्गको मुआब्जाको समस्या समाधानका लागि पहल थाल्न अर्थमन्त्री पुनले निर्देशन  दिएका छन्।

साथै होङ्सी शिवम् सिमेन्टको पहुँच सडक स्तरोन्नतिसम्बन्धमा आवश्यक प्रक्रिया थाल्न तथा सम्बन्धित निकायबाट बजेट प्रस्ताव गरी व्यवस्थापन गर्न अर्थमन्त्री पुनले निर्देशन दिएको बताए।

 अनुगमन तथा सहजीकरण समितिको बैठकले मूल्य समायोजनको विषयमा अध्ययन गर्न अर्थ मन्त्रालय राजस्व व्यवस्थापन महाशाखा प्रमुखको संयोजकत्वमा एक अध्ययन समिति गठन गर्ने निर्णय गरेको पनि प्रवक्ता उपाध्यायले जानकारी दिएका छन्। साथै अरुण –३ आयोजनाको खाँदबारी दोभान सडकखण्डको स्तरोन्नति द्रुत गतिमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय समितिले गरेको छ ।

सम्बन्धित समाचार
क्वालिटीको सूर्यमुखी तेल र चाउचाउमा न्यून गुणस्तर

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ मा रहेको क्वालिटी आयल प्रा.लि.द्वारा उ ...

प्रहरीको कुटाइबाट युवाको मृत्यु भएको आरोप

धरान । लागूऔषध सेवन गरेको आरोपमा पक्राउ परेका एक युवाको धरान प्रहरीको कुटाइ ...

दुई महिलामा जापानी इन्सेफलाइटिस भएको पुष्टि

भद्रपुर । झापाको मेचीनगरका दुई जना महिलालाई जापानी इन्सेफलाइटिस रोगको सङ्क् ...

छापा संस्करण [ePaper]
  • भर्खरै
  • लाेकप्रिय
क्वालिटीको सूर्यमुखी तेल र चाउचाउमा न्यून गुणस्तर
प्रहरीको कुटाइबाट युवाको मृत्यु भएको आरोप
दुई महिलामा जापानी इन्सेफलाइटिस भएको पुष्टि
ट्रान्सफर्मर चोरीमा सूक्ष्म अनुसन्धान गर
आजको राशिफलः २०८२ साल साउन १३ गते मङ्गलबार
जडेज मा.वि.को निर्णय च्यातेको विषयको विवाद चुलिँदै
भारतीय अपराधी संलग्न हत्यामा सुपुर्दगी सन्धि बाधक
२२ वटा ट्रान्सफर्मर चोरी
जग्गाको विषयमा वृद्धमाथि हातपात
धराने जनताको सन्देश र धरानका राजनीतिक दल
आजको राशिफलः २०८२ साल साउन १२ गते साेमबार
सुनसरीका पशुमा पनि लम्पी स्किनको प्रकोप
सिटी रिक्सा चार्ज गर्दा दम्पतीको मृत्यु
स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ
आजको राशिफलः २०८२ साल साउन ११ गते आइतबार
कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
टिप्पणी: नेताको बोलीको बेटुङ्गो
बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
नमस्ते भन्ने कि नमस्कार ?
एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
धरान राजधानी हुने भो !
राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
टिकटकको नयाँ फिचर्स सेवा सुरु
Blast Khabar

सोसल मिडिया

Blast khabar

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान-८, औधोगिक क्षेत्र भित्र, सुनसरी
  • रिसेप्सन : ०२५-५७५४५८
  • फ्याक्स : ०२५-५७८४५८
  • समाचार शाखाः ०२५-५३८४३५
  • बिज्ञापन शाखाः ०२५-५३८४१४
  • वेबसाइट: Blastkhabar.com
  • blastkhabar2016@gmail.com
  • हाम्रोबारे / नेपालीबाट युनिकोड / युनिकोडबाट नेपाली

Copyright © 2016 / 2025 - Blastkhabar.com All rights reserved