धरान/लाहुरेकी श्रीमतीहरुलाई ‘लाहुरेनी’ भनेर बोलाउने गरिन्छ । लाहुरेनी भनेर बोलाउदा उनीहरुपनि गमक्क पर्छन,मानौ उनीहरु आफै लाहुर गएर आएका हुन् । आफ्ना श्रीमान लाहुरे भएकै कारण सित्तैमा पाएको लाहुरेनी पदाबीलाई कतिले मनमनै स्वीकार्दैनन् पनि तर के गर्नु भन्नेल भनिहाल्छन् ‘लाहुरेनी’
अब भने लाहुरेनी हुन लाहुरेको श्रीमती नै हुनु पर्छ भन्ने दिनको अन्त्य हुनेवाला छ । बेलायत सरकारले बृटिस आर्मिमा नेपाली महिलाहरुको पनि भर्ति लिने कुरामा ‘ग्रिन सिग्नल’ दिएको छ । नेपालकी सभामुख ओनसरी घर्तिले बेलायती अधिकारीहरुको भेटमा भएको छलफलमा नेपाली महिलालाई पनि बेलायती आर्मी अर्थात ‘लाहुरेनी’ बनाउने बिषयमा निर्णायक कुरा भएको बताएकी छिन् । बेलायती अधिकारीहरुले नेपाली महिलालाई पनि आफ्नो सेनामा राख्ने बिषयमा जिज्ञासा राख्दा आफुले ‘नेपाली महिलाहरु नेपाली सेना र प्रहरीमा समेत भएको जबाफ दिदै बेलायतले नि भर्ति लिन सक्ने’ जबाफ दिएको सभामुख घर्तिले पत्रकार भेटघाटमा जानकारी दिएकी हुन ।अब बेलायतले नेपाली महिलालाई पनि आफ्नो सेनामा भर्ति गर्ने बिषयमा औपचारीक निर्णय गर्ने छ ।बृटिस गोर्खा भुतपुर्ब शैनिक सघं सुनसरीका अध्यक्ष गजेन्द्र इस्वले यो निर्णय नेपाली महिलाहरुको ‘अवसर’ भएको बताएका छन् । नेपाली महिलाहरुपनि बेलायती शैनिकमा भर्ति हुने हो भने अहिले खाडि मुलुकमा भोगि रहेको नरकिय अबस्थामा कमि आउने भन्दै उनले महिलाहरुको आर्थिक जीबन सुधार गर्न पनि सहयोग मिल्ने बताए ।