ताप्लेजुङ/Untitled पशुपक्षी विकास मन्त्री शान्ता मानवीले मन्त्रालय र देशभरका सरकारी कर्मचारीले परिणाममुखी काम गरेमात्र देशको विकास सम्भव हुने बताएकी छन् ।
सरकारले देशभर शुरु गरेको निःशुल्क पाठ्यपुस्तक वितरण कार्यक्रममा सहभागी हुन ताप्लेजुङ आएकी मन्त्री मानवीले मङ्गलबार सदरमुकाममा आयोजित कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।
उनले प्रधानमन्त्री, मन्त्री सबै अस्थायी तर कर्मचारी स्थायी सरकार भएकाले उनीहरुले चाहेमा र गरेमा मात्र देश अघि बढ्ने भएकाले कर्मचारीले मुखभन्दा हात बढी चलाउने समय आएको बताइन् ।
अर्को फरक प्रसङ्गमा बोल्दै उनले अण्डा, दूध र मासुमा देशलाई आत्मनिर्भर बनाउने लक्ष रहेकाले सरकारले यसको विकासका लागि पशुपक्षी विकास मन्त्रालय स्थापना गरेको र अहिले देशको भूगोलअनुसार अण्डा, दूध र मासु उत्पादन हुने क्षेत्रको पहिचान गरी लगानी गर्ने काम मन्त्रालयले शुरु गरेको बताइन् ।
नयाँ मन्त्रालय भएकाले स्थापनाको केही महिना मन्त्रालय व्यवस्थापनमानै खर्चिनुपरेको भन्दै मन्त्री मानवीले मन्त्रालयले पहिलो वर्षमा अण्डा, दोस्रो वर्षमा मासु र तेस्रो वर्षमा दूधमा आत्मनिर्भर बनाउने लक्ष्यअनुुसार काम गर्न मातहतका निकाय र कर्मचारीलाई निर्देशन समेत दिइन् ।
भारत सरकारले उडिसामा पूरै भारतलाई पुग्ने गरी बङ्गुर फार्म सञ्चालन गरेकाले नेपालबाट बङ्गुर भारत निकासी हुन छाडेको बताउँदै उनले आफ्नो उत्पादन तेस्रो मुलुकसम्म पु¥याउन अन्य देशसँग पनि सम्झौता गर्न आवश्यक रहेको बताइन् । स्थानीय र उद्योगीलाई पशुपक्षी उद्योग था विकासमा लगानी गर्न आग्रह गर्दै यसका लागि मन्त्रालयले सहयोग गर्ने प्रतिबद्धता समेत मन्त्री मानवीले जनाइन् ।
सदरमुकामस्थित भानुजन उच्च माविमा आयोजित निःशुल्क पुस्तक वितरण कार्यक्रममा सहभागी भइ केही विद्यार्थीलाई पुस्तक वितरण गर्दै उनले सरकारले समयमै विद्यार्थीको हातहातमा पुस्तक पु¥याउने लक्ष राखेपनि अभैm केही कक्षाका पाठ्यपुस्तक अभाव भएकाले पाठ्यपुस्तक छपाइ र वितरणमा सरकारले चाँडो काम गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको बताइन् ।
सोमबार साँझनै ताप्लेजुङ आएकी मन्त्री मानवीले बिहान पार्टीका कार्यकर्तासँग छलफल गरेकी थिइन् भने सदरमुकामस्थित तमोर महिला कृषि सहकारी संस्थाले सञ्चालन गरेको बङ्गुर फारमको निरीक्षण गरी कृषकको गुनासो समेत सुनेकी थिइन् । मन्त्री मानवीलाई कृषहरुले बाख्रापालन, बङ्गुरपालन र कुखुरा पालनमा सरकारले लगानी गर्न र बिमालाई प्रभावकारी बनाइदिन माग गरेका छन् ।