धनकुटा / जारी संविधानमा पहिचान र अधिकारसहितको स्वयत्तता प्रदेशहरुको ग्यारेण्टी हुनु पर्ने माग गर्दै वुधवार धनकुटाका क्रियाशिल संघीय गठवन्धनले जिल्ला प्रशासन कार्यालय धनकुटामा ज्ञापन पत्र वुझाएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईमार्फत सम्माननिय प्रधानमन्त्री तथा मन्त्रि परिषदको कार्यालयलाई पठाइएको २६ वुँदे ज्ञापन पत्रमा नेपाली जनताको परिवर्तनको आकांक्षालाई सम्वोधन गर्न, प्राप्त उपलव्धीलाई गुम्न नदिन र पहिचान सहितको संघीय प्रदेशहरुको निर्माणलगायतका मागहरु रहेका छन् ।
ज्ञापन पत्रमा संघीय समाजवादी फोरमका जिल्ला अध्यक्ष वलवहादुर राई, संघीय जनमुक्तिका जिल्ला अध्यक्ष हरिभक्त वान्तावा, संघीय लिम्वुवानका जिल्ला अध्यक्ष छत्र इङ्गनाम, लिम्वुवान संयुक्त संघर्ष समितिका जिल्ला संयोजक चन्द्रसिंह नेम्वाङ्ग र आदिवासी जनजाति राष्ट्रिय आन्दोलन संयोजन समिति धनकुटाका संयोजक चन्द्रसिंह नेम्वाङ्गले हस्ताक्षर गरेर संघीय गठवन्धनको तर्फवाट ज्ञापन पत्र वुझाएका हुन् ।