विजयपुर/प्रधानमन्त्रि केपी शर्मा वलीले धरानको बिच बाटोबाट सञ्चालन भईरहेको धरान धनकुटा जोड्ने मदन भण्डारी लोकमार्गलाई सेउती खोलाबाट नयाँ रुट बनाउन आगामि आर्थिक बर्षमा बजेट छुट्याउने बताएका छन् ।
धरानको बिच बजारबाट सञ्चालन भईरहेको लोकमार्ग साघुरो हुन थालेपछि लोकमार्गलाई धरानको बजारको छेउबाट सञ्चालन गर्न एमाले धरानले गत फागुन २ गते प्रधानमन्त्रिलाई ज्ञापन पत्र बुझाएको थियो । सोही ज्ञापन पत्रमा माग गरिए अनुसार लोकमार्गलाई धरानको बजार छेउबाट सञ्चालन गर्न आगामी बर्षको योजनामा राखेर बजेट छुट्याईदिने शुक्रबार घोषणा गरेका हुन । नेकपा(एमाले) धरान बिशेष इलाका संगठन कमिटीको सातौ नगर अधिबेशन उद्घाटन गर्न धरान आएका एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्रि वलीले धरानलाई आफुले मजाले बुझेको भन्दै धरानको बहुजातीय संग्रहयलय निर्माण गर्न पुग्दो बजेटको ब्यबस्था गरिदिने समेत प्रतिबद्धता जनाए ।
‘बहुजातीय संग्रहयलय निर्माण गर्न जग्गाको क्षेत्रफल अलि कम भएको जस्तो मलाई लागेको छ ’वलीले भने ‘तपाईहरु जग्गाको ब्यबस्था गर्नु होस्,बाकी म हेरौला ।’ धरान रङगशालालाई राष्ट्रिय स्तरको रङगशाला बनाएर अन्र्तराष्ट्रिय गेमहरु सञ्चालन गर्न सकिने बताउदै उनले रङगशालाका लागि पार्किङ स्थल बनाउन सहयोग गर्नेपनि प्रतिबद्धता जनाए ।धरानका बारेमा आफुले बिषेश सहयोग गर्ने बताएका उनले अरुकुरा खुलाउन चाहेनन् । धरान चतरा सडक खण्ड र धरान बराहक्षेत्र सडक खण्डका बारेमा बिषेश चासो राख्दै बोलेका प्रधानमन्त्रिले आगामी बर्षको बजेटले यस क्षेत्रको सडक समन्धी धेरै समस्याहरु समाधान हुने बताए। धरान–चतरा–गाईघाट–उदयपुर–सिन्धुली हुदै हेटौडा जोड्ने सडक अबको एक बढिमा दुईबर्ष भित्रमा पुर्णरुपमा सञ्चालनमा ल्याईने बताउदै उनले ‘जोगबनि किमाथाङका नाका एक बर्ष भित्रमा सञ्चालनमा ल्याउने गरि काम भईरहको बताए । आफुले ल्याएका योजनाहरुका बारेमा हुने गरेका टिका टिप्पणीहरुप्रति ब्यङग्य गर्दे उनले भने‘ मलाई उडाउने हरु उडाउदै गर्छन तर सडक बन्छ । बृहत्तर बराहक्षेत्र बिकाशको समितीप्रति लक्षित गर्दै उनले दुईबर्ष भित्रमा पुर्ब पश्चिम जोड्ने रेल्वेको ठुलो योजना निर्माणको कार्य सुरु हुने भन्दै उनले अहिले अध्ययन जारी रहेको खुलासा गरे । झण्डै ४० मिनेट भाषण गरेका उनले अधिकाशं समय देशको बिकाश र पुर्ननिर्माणको बिषयमा बोलेका थिए । यो सरकारको डाईभर आफु भएकाले बिस्तारै कुद्ने गाडिको गियर बडाएर कुदाउन थालेको बताए । बिस्तारै कुदाउने गरिएको गाडिलाई छिटो कुदाउदा घ्याच्च घ्याच्च भएर रोकिन खोज्छ तर म कुदाउन छाड्दिन ।