इनरुवा / सुनसरीमा विभिन्न दल परित्याग गरी सयौँ नेता तथा कार्यकर्ता नेकपा९एमाले०मा प्रवेश गरेका छन् । एमाले सुनसरीले आज आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा राप्रपा नेपालका नेता रमेश श्रेष्ठसहितका नेता एमालेमा प्रवेश गरेका छन् ।
त्यसैगरी नेपाली काँग्रेस, सङ्घीय समाजवादी फोरम नेपाल लगायत विभिन्न दलबाट पनि सयौँ नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेको एमालेका अजय कुसियतले जानकारी दिनुभयो । नवप्रवेशीलाई नेकपा ९एमाले०का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले फूलमाला र अबिर लगाएर पार्टीमा स्वागत गरेका थिए ।