धरान/ अकुत सम्पती कमाएको र झुटो सम्पती बिबरण पेश गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरि मुद्धा चलाएका पत्रकार  कनकमणि दीक्षितलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ ।

दीक्षितकी पत्नी शान्ता दीक्षितले दिएको वन्दी प्रत्यक्षिकरणको रिटमा सोमबार सुनुवाई गर्दै कामु प्रधानन्यायाधीश सुशीला कार्की र न्यायाधीश जगदीश शर्मा पौडेलको संयुक्त इजलाशले दीक्षितलाई रिहा गर्न आदेश दिएको हो । दिक्षितलाई बैशाख १० अख्तियारले  नियन्त्रणमा लिएको थियो ।

Kanakmani-Dikhit-Himal-Media अख्तियारका प्रमुख आयुक्त लोकमानसिंह कार्किले ब्यक्तीगत इगो साध्न  दिक्षीतलाई नियन्त्रणमा लिएको भन्दै सर्बत्र आलोचना भएको थियो । सर्बोच्च अदालतले पत्रकार दिक्षितलाई पक्राउ गर्नुपर्ने स्पस्ट कारण नखुलेको भन्दै रिहाई गर्न आदेश दिएको हो ।