धरान/संवैधानिक परिषद्को सोमबारको बैठकले सर्वोच्च अदालतको रिक्त प्रधानन्यायाधीश पदsushila karki_1 कायम मुकायम प्रधानन्यायाधीश सुशीला कार्कीलाई नियुक्ति गर्न सिफारिस गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सम्पन्न बैठकको सो सिफारिस संसदीय सुनुवाइ समितिमा पठाउने निर्णय गरेको कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अग्निप्रसाद खरेलले जानकारी दिए ।

परिषद्को यसअघिको बैठकमा कार्कीको सिफारिस भए पनि सभामुख ओनसरी घर्तीको अनुपस्थितिका कारण वैधानिकता प्राप्त गरेको थिएन ।

दुईपटक सिफारिसको निर्णय गर्नुपरेको हो भन्ने प्रश्नमा मन्त्री खरेलले भने– “परिषद्को सोमबारको निर्णय नै अन्तिम निर्णय हो ।” यसअघि चैत २८ गते संवैधानिक परिषद्को बैठक बसेको थियो ।