Prachandaअदालतको अबहेलना गरेको भन्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्ध सोमबार सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ । दाहालले न्यायलयको मानहानी हुने गरि सार्बजनिक अभिब्यक्ति दिएको भन्दै अबहेलना मुद्धा दायर भएको हो । अधिबक्ता दिनेश त्रिपाठीले दाहाललाई एक वर्षसम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना गर्न मागसहित मुद्धा दायर गरेका हुन ।प्रचण्डले गत शनिबार एक  अभिव्यक्तिमार्फत् द्वन्द्वकालीन मुद्दामा अदालतले गरेका निर्णयको अवज्ञा गरेको त्रिपाठीको दाबि छ । प्रचण्डले अदालत के हो ? भन्ने अभिब्यक्ति दिएको निबेदनमा उल्लेख छ ।