[caption id="attachment_2741" align="alignnone" width="900"]pic1 तालिमको पुर्ब सन्ध्यामा छलफल गर्दैै पत्रकारहरु । तस्विर -उपेन्द्र चाम्लिङ /ब्लाष्ट[/caption]

धरान/ सूचनाको हक प्रयोग गर्दै गरिने खोज पत्रकारिताबारे चारदिने तालिम भेडेटारमा शुक्रबार शुरु भएको छ ।
सूचनाको हक– २०६४ ले दिएको अधिकार प्रयोग गरी कसरी खोज पत्रकारिता गर्न सकिन्छ भन्नेबारेमा पत्रकार महासङ्घको केन्द्रीय समितिले तालिम आयोजना गरेको हो । तालिममा पूर्वका १० जिल्लाका सक्रिय पत्रकारहरु सहभागी छन् । सो अवसरमा महासङ्घका केन्द्रीय अध्यक्ष डा. महेन्द्र विष्टले पत्रकारहरुको गुणात्मक सुधार आवश्यक रहेको बताए । उनले भाषणबाजी लेखेर मात्र अबको पत्रकारितामा टिक्न नसकिने बताउँदै ऐनलाई टेकेर सार्वजनिक निकायहरुमा सूचना मागी राज्यलाई जिम्मेवार बनाउनुपर्ने बेला आएको धारणा राखे । तालिममा सूचनाको हकको व्यावहारिक प्रयोगबारे जानकारी गराइने भएको छ ।

[caption id="attachment_2742" align="alignnone" width="900"]yyyyy तालिममा आफ्नो मन्तब्य राख्दै पत्रकार महासघका अध्यक्ष डा. महेन्द्र बिष्ट । तस्विर उपेन्द्र चाम्लिङ /ब्लाष्ट[/caption]

महासङ्घका पूर्वाञ्चल संयोजक गणेश पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक गणेश लम्साल, निलिफा सुब्बा, साझेदारी संस्था युरोपियन युनियनका शिव भण्डारी, युनेस्कोका सूचनाको हकका परियोजना संयोजक जेबी विश्वकर्मालगायतको उपस्थिति थियो । डा. विष्ट, परियोजना संयोजक विश्वकर्मा, अग्रज पत्रकार मोहन मैनालीलगायतले तालिम दिने भएका छन् ।
यस्तै बिहीबार पत्रकार महासङ्घ सुनसरीको संयोजनमा भएको कार्यक्रममा फ्रि मिडिया नेटवर्कको सञ्जाल गठन भएको छ । महासङ्घले सञ्चालन गरेको पाइलट प्रोजेक्टअन्तर्गत फ्रि मिडिया नेटवर्कमा सुनसरी जिल्ला पनि परेको छ । नेपालका ६ जिल्लामा अहिले यो प्रोजेक्ट चलिरहेको छ । यसले पत्रकारका हक–अधिकारसँगै पत्रकारमाथि हुने आक्रमणको न्यूनीकरणमा विशेष भूमिका निर्वाह गर्छ ।
यसका लागि महासङ्घका सुनसरी अध्यक्ष केशव घिमिरे संयोजक रहने गरी बनेको नेटवर्कमा सहायक प्रमुख जिल्ला अधिकारी, नेपाल बार एसोसिएन जिल्ला शाखाका राजु ढकाल, जिल्ला प्रहरीबाट विनोद घिमिरे, सुनसरी उद्योग वाणिज्य सङ्घका निवर्तमान अध्यक्ष सरोज श्रेष्ठ, मधेशी अगुवाबाट चतुरानन्द पाठक, अग्रज पत्रकारबाट भवानी बराल, हर्ष सुब्बा, किशोरकुमार कार्की र मानबहादुर विक छन् । कार्यक्रममा जिल्ला न्यायाधीश रमेशराज पोखरेल, प्रमुख जिल्ला अधिकारी मोहनप्रसाद चापागाईंलगायत उपस्थित थिए ।