काठमाडौँ/ विश्वप्रसिद्ध अमेरिकी पत्रिका फोब्र्सले हालै विश्वका प्रख्यात एवम् शक्तिशाली एक सय जना महिलाको सूची प्रकाशन गरेको छ र यस सूचीको संसारमा नै यतिखेर निकै चर्चा पनि भइरहेको छ ।top
यस पटक यो चर्चा नेपालमा पनि छाएको छ । नेपालका राष्टूपति विद्यादेवी भण्डारीको नाम पनि यस सूचीमा समेटिएकोले यस सूचीको बारेमा नेपालमा पनि यतिखेर चर्चा हुन पुगेको हो । आ आफ्ना क्षेत्र वा व्यवसायमा महिलाको शक्ति, प्रभाव र सफलताका आधारमा यस पत्रिकाले ती महिलाको छनौट गर्ने गर्दछ । फोब्र्सको मूल्याङ्कनमा जर्मनीकी चान्सलर एन्जेला मार्केल यस पटक पनि पहिलो स्थानमा रहन सफल हुनु भएको छ । उहाँ फोब्र्सको मूल्याङ्कनमा लगातार तीन वर्षयता प्रथम स्थानमा रहँदै आउनु भएको छ । विगत ११ वर्षदेखि जर्मनी तथा युरोपका केही राष्टूलाई समेत प्रत्यक्ष वा परोक्ष रुपमा प्रभावकारी नेतृत्व दिन सफल महिला नेतृ एन्जेला मार्केलले यस वर्ष पनि गत वर्षहरुको आर्जित ख्याती कायमै राख्नु भएको छ । फोब्र्सको मूल्याङ्कनमा प्रभावकारी महिला नेतृको पहिचानलाई निरन्तरता दिन सफल जर्मन चान्सलर एन्जेला मार्केल यस वर्षको पनि सबैभन्दा प्रभावशाली ‘सेलिब्रेटी’ मा परेको उल्लेख सो पत्रिकामा गरिएको छ । ओरालो लागेको युरोपेली अर्थतन्त्रलाई आश्चर्यजनक ढङ्गबाट माथि उकास्न सफल एन्जेला बहूसंख्यक युरोपेली नागरिकबीच अत्यन्तै लोकप्रिय हुनुहुन्छ । विश्वका शक्तिशाली देशहरु लगायत इराक र सिरियामा भीषण आतङ्क मच्चाउँदै आएका इस्लामिक स्टेट (आइएस) आतङ्ककारी विरुद्ध उहाँले चालेको कदम पनि प्रशंसनीय रहेको छ । यस हिसाबबाट उहाँलाई यस पटक पनि विश्वका चर्चित एवम् शक्तिशाली महिलाको सूचीमा समावेश गरिएको स्पष्टिकरण त्यस पत्रिकाको छ । अमेरिकी पूर्वविदेशमन्त्री तथा हाल राष्टूपति पदको प्रवल उम्मेदवार हिलारी रोधम क्लिन्टनलाई फोब्र्सले दोस्रो स्थानमा राखेको छ । विश्वका शक्ति राष्टूहरुमध्ये पहिलो दर्जामा सदा सर्वदा कायम रहेको र विश्व राजनीतिमा सधैँ चर्चाको शिखरमा रहने देश संयुक्तराज्य अमेरिकामा यसै बर्षको अन्त्यतिर हुनलागेको राष्टूपतीय निर्वाचनमा हिलारीलाई प्रमुख दावेदारको रुपमा हेर्न थालिएकाले पनि उहाँ चर्चाको शिखरमा पुग्न सफल हुनुभएको छ । संयुक्त राज्य अमेरिकाको ४२ औँ राष्टूपति बिल क्लिन्टनकी धर्मपत्नी तथा सन् १९९३ देखि २००१ सम्म अमेरिकी प्रथम महिला रहेकी हिलारी समाज सेवामा ब्यस्त रही आफ्नो निजी जीवनलाई सन्तुलित बनाई ख्याति आर्जन गर्न सक्ने महिलाको रुपमा पनि परिचित हुनुहुन्छ । यसै बर्षको नोभेम्बरमा अमेरिकाको ४५ औँ राष्टूपति पदको निर्वाचन हुन गइरहेको छ । यस पटक निर्वाचनको प्रतिस्पर्धामा सशक्त उम्मेदबार एक जना महिला नेतृ पनि रहेकोले अहिलेको अमेरिकामा यो नयाँ विषयले चर्चा पाएको हो । त्यसैगरी तेस्रो स्थानमा पर्न सफल हुनु भएको छ संयुक्त राज्य अमेरिकाकै ज्यानेट येलेन । अमेरिकी संघीय कोष (फेडरल रिजर्भ) की अध्यक्ष येलेनको अथक प्रयासले अमेरिकामा डलरको मुद्रास्फिति दर घटाउन र रोजगारी बढाउन ओबामा सरकारलाई भारी मात्रामा सहयोग पुगेको तथ्य यसअघि पनि सार्वजनिक भएको हो । उहाँले फेडरल रिजर्भको अध्यक्ष पद सम्हालेको केही समयमै सन् २०१५ भित्रै अमेरिकाको आर्थिक ब्याजदर बढाउने भविष्यवाणी गर्नु भएको थियो ।
नभन्दै उहाँकै अविरल प्रयास र उत्कृष्ट कार्यकुशलताबाट भविष्यवाणी सिद्ध पनि भयो । अर्थतन्त्र सम्बन्धि बैज्ञानिक वा अर्थशास्त्री उत्पादन गर्ने सुप्रसिद्ध पाठशाला येल एण्ड ब्राउनका दिक्षितहरुलाई समेत बिर्साउने गरी अमेरिकाको समग्र अर्थतन्त्र उकालो लाग्यो । बिगतको कम्तीमा पनि एक दशकदेखि अमेरिकी अर्थतन्त्रले ब्यहोर्दै आएको ब्याजदरको अस्थिरता अन्त्य भै गतवर्षको डिसेम्बरदेखि सन् २००६ यताकै पहिलो पटक ब्याजदरमा नाटकीय बृद्धि भयो । त्यस्तै, कम्प्युटर तथा साइबर जगतमा संसारभर ख्याति आर्जन गर्न निरन्तर सफल अमेरिकी माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सकी धर्मपत्नी र सहचारी मिलिन्डा गेट्स फोब्र्सको मूल्याङ्कनमा यस बर्षको विश्वको प्रभावशाली महिलामध्ये चौथो स्थानमा पर्न सफल हुनु भएको छ । विश्वका कृषक र महिला उत्थान तथा लैंगिक विकासका लागि उहाँको विशेष योगदान रहँदै आएको छ । उहाँको यस योगदानको विश्वव्यापीरुपमा चर्चा भै गरेको छ । सन् २००० मा बिल एण्ड मिलिन्डा गेट्स फाउन्डेशन नामक एक संस्थाको स्थापना भएको थियो । स्थापनाकालदेखि हालसम्म यस संस्थाले विश्वविकासका लागि ३३ अरब अमेरिकी डलर बराबरको रकम खर्च वा लगानी गरिसकेको छ । मिलिन्डा गेट्स स्वयम् खटिएर अथक परिश्रम गरेकै कारण बहूउपयोगी क्षेत्रमा संस्थाको लगानी भएको र विश्वका बहूसंख्यक जनताले उपलब्धि हासील भएको अनुभव गर्न पाएकाले यसको प्रमुख श्रेय वा जस मिलिन्डालाई नै गएको छ । अमेरिकाकै मेरी बारा यस बर्षको मूल्यांकनमा पाँचौ स्थानमा पर्नु सफल हुनु भएको छ । जनरल मोटर्स कम्पनीमा ३६ वर्षसम्म अबिच्छिन्न सेवा पु(याउनु भएकी मेरीले गत २ बर्षदेखि सो कम्पनीको सर्बोच्च पद कार्यकारी प्रमुख (सिइओ) को जिम्मेबारी सम्हाल्दै आउनु भएको छ । जनरल मोटर्स्का उत्पादन अतिउच्च गुणस्तरका हुनु, साथै अमेरिका र युरोपमा उल्लेखनीय बजार(अंश आर्जन गर्न सफल हुनु, चीनमा जनरल मोटर्स अन्तर्गतको कम्पनी स्थापना भै उल्लेख्य उत्पादनले त्यहाँको बजार समेत ढाक्नु, अत्याधुनिक प्रबिधिको, पेटूोलियम इन्धन बिना चल्ने बिद्युतिय कार सेभ्रोलेट बोल्ट इभि आगामी बर्ष बजारमा ल्याउने निश्चित गरिनु इत्यादि जस्ता ठोस उपलब्धिहरु हासील हुनुु पछाडी मेरी बारा कै कठोर परिश्रम र अथक प्रयास निरन्तर खडा रहेका थिए । फोब्र्सको यस बर्षको विश्वका शक्तिशाली महिलाहरुको सूचिमा फ्रान्सकी साठी बर्षीया अर्थशास्त्री क्रिस्टिना लागार्दे छैठौं स्थानमा उभिनु भएको छ । अन्तर्राष्टिूय मुद्रा कोष (आइएमएफ) प्रमुखको पाँचबर्षे कार्यकालका लागि यस बर्षको शुरुवात सँगै लगातार दोश्रो पटक पनि निर्वाचित हुन सफल क्रिस्टिनाको प्रयासले समग्र विश्व अर्थतन्त्रीय अनुशासनभित्र बाधिएको छ । पहिला आफ्नै बित्तीय मार्गचित्रबाट हिंडिरहेका बाँकी शक्तिराष्टूहरु रुस, चीन र बेलायतलाई पनि आइएमएफ ब्रान्डको बित्तिय अनुशासनको दायरा भित्र कसेर बाँध्न सफल क्रिस्टिनाको कदरस्वरुप उहाँलाई छैठौंस्थानमा राखिएको आँकलन गरिएको छ । फोब्र्स मूल्याङकनको सातांै स्थानमा लामो समय देखि साइबर जगतमा विश्वभर लोकप्रियता आर्जन गरिरहेको सामाजिक सन्जाल फेसबूक सम्बद्ध अमेरिकाकै शेरिल स्यान्डबर्ग पर्नुभएको छ । त्यसैगरी अर्की अमेरिकी महिला सुसन वोजसिकी आठौं स्थानमा पर्नु भएको छ । विश्व लोकप्रियताको होडबाजीमा फेसबूकको पछिपछि दौडिरहेको अर्को सामाजिक सन्जाल युट्युब सम्बद्ध हुनुहुन्छ सुसन वोजसिकी । त्यस्तै बार्षिक ५२ अरब अमेरिकी डलर बराबर रकमको बिक्रय राशी पुयाउन सफल, हेल्वेट प्याक्कार्डकी प्रमुख, अमेरिकाकै मेग व्हिटमान नवांै स्थानमा पर्नुभएको छ । युरोपेली बैंकिंग क्षेत्रको सबभन्दा बिशाल संस्था युरोजोनको कार्यकारी प्रमुखको जिम्मेबारी सम्हाल्दै आउनु भएकी स्पेनकी आना प्याटिूसिया बोटिन दशौं स्थानमा पर्नु भएको छ । यसअघि पनि विश्व बिख्यात महिलामा पर्न सफल महिलाहरु यस पटक पनि सुचीमा पर्नु भएको छ । जस्तै दक्षिणकोरियाका सफल राजनितिज्ञ तथा वर्तमान राष्टूपति पार्क गेउन हाई बाह्रौं स्थानमा पर्नु भएको छ भने अमेरिकी प्रथम महिला मिसेल ओबामा यस पटकको फोब्र्सको मूल्याङ्कनमा तेह्राँै स्थानमा पर्नुभएको छ । उहाँले एसियाका विभिन्न स्थानमा पुगेर बालिका शिक्षाक्षेत्रमा विश्वमा महत्वपूर्ण कार्यमा संलग्न हुँदै आउनुभएको छ । महिलालाई शिक्षित बनाएर आर्थिकरुपमा सम्पन्न बनाउनु नै समाज उत्थानको एक मूल उद्देश्य हो भन्ने बिचारका साथ उहाँले कार्यरत हुनुभएको छ । म्यानमारकी प्रजातान्त्रिक नेतृ तथा सफल राजनीतिज्ञ ७० बर्षीया आङ सान सुकी फोब्र्सको विश्व प्रख्यात महिलाको सुचीमा २६ औं स्थानमा रहनु भएको छ । उहाँ म्यानमारमा प्रजातन्त्रको आगमन र विश्वसामू म्यानमारको नयाँ परिचय दिलाउन सफल महिलाको रुपमा परिचित हुनुहुन्छ । म्यानमारमा करिब साढे दुई दशकभन्दा बढी समयको अन्तरालमा सम्पन्न आम निर्वाचनमा सुकीको पार्टीले बहुमत ल्याउन सफल भएपछि उहाँ विश्वभर चर्चित हुनु भएको हो । करिब दुई दशकसम्म सैनिक हिरासतमा बिताएकी प्रजातन्त्रवादी नेत्री सुकी र उहाँको दल नेसनल लिग फर डेमोक्रेसिले म्यानमारमा भएको पछिल्लो आमनिर्वाचन अत्याधिक बहुमत ल्याउन सफल भएर चर्चाको शिखरमा पुग्नुभएको हो । फोब्र्सको यस बर्षकोे मूल्याङ्कनमा पहिलो पटक नेपालले पनि स्थान पाएको छ । दक्षिण एसियाली राष्टू नेपालको पहिलो महिला राष्टूपति र गणतन्त्र नेपालको दोस्रो राष्टूपति विद्यादेवी भण्डारी ५२ औँ स्थानमा पर्न सफल हुनु भएको छ । पुरुषको तुलनामा सदैव महिला पछाडी परिरहेको मानिने यस देशमा राष्टूपति जस्तो गरिमामय पदमा एकजना सफल महिला पुगी विश्व विख्यात हुनुभएको छ नेपालका राष्टूपति विद्यादेवी भण्डारी । कम्युनिष्ट नेतृ विद्यादेवी भण्डारी नेपालको पहिलो महिला राष्टूपतिका रुपमा सन् २०१५ को अक्टोबरमा निर्वाचित हुनु भएको थियो । आर्थिक, सामाजिक एवम् राजनीतिक रुपमा समेत महिला पछि परिरहेको नेपालजस्तो तेस्रो विश्वको देशमा समेत एकजना महिला राष्ट्र्प्रमुख र पहिलो सर्बोच्च पदाधिकारीका रुपमा निर्वाचित हुनुलाई संसारका कतिपय देशका सञ्चारमाध्यमले अनुकरणीय उदाहरणका रुपमा लिई आफ्ना समाचारका प्रमुख विषय वस्तु बनाउँदै प्रस्तुत गरेका थिए । फोब्र्सद्वारा मूल्याङ्कन गरिएको यस बर्षको विश्वप्रख्यात महिलाको सूचीमा सबभन्दा बढी अमेरिकी महिलाहरु परेका छन् । त्यसैगरी जर्मनी, फ्रान्स, दक्षिण कोरिया, चिली, स्पेन, बङ्गलादेश, नेपाल, सिङ्गापुर, ताइवान, इटाली, न्युजिल्यान्ड, भारत, म्यानमार, संयुक्त अधिराज्य बेलायत र सो अन्तर्गतको स्कटल्यान्ड, क्रोएसिया, लाइबेरिया, मौरिसस, बुल्गेरियाका महिलाहरु परेका छन् । महिलाहरुको यस्तो सफलताले विश्वभरीका महिला गौरवान्वित भई उनीहरुको उत्प्रेरित समेत हुन पुगेको प्रतिक्रियाहरु विभिन्न पक्षका नागरिक र विज्ञहरुबाट आइरहेको छ । फोब्र्सले कुनै पूर्वाग्रह बिना विश्वका विकसित वा शक्तिशाली राष्टू वा अल्पविकसित वा बिकासोन्मुख वा अविकसित, स्वराष्टू होस् वा परराष्टू वा विश्वभरी, आफ्ना अथक प्रयासबाट योगदान पु¥याउन सफल सबै महिलाहरुलाई सद्भावनापूर्वक उच्च कदर गरेको जनाएको छ । एजेन्सीहरु