सभामुख ओनसरी घर्तीबाट पद तथा गोपनीयताको शपथ काठमाडौँ /kul bdr gurung संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले सभामुख ओनसरी घर्तीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । सपथ लिए पछि  नौ महिनापछि गठन भएको व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिका सभापति कुलबहादुर गुरुङले अब संसद्मा थाँती रहेका न्यायाधीशलगायतको सुनुवाइ प्रक्रिया प्रारम्भ भएको बताए । सरकारले सर्वोच्च अदालतका रिक्त न्यायाधीश, विभिन्न मुलुकका लागि राजदूत र निर्वाचन आयोगका आयुक्तको नियुक्तिको सिफारिस गरे पनि समिति गठन नहुँदा सुनुवाइ हुन सकेको थिएन । नेता गुरुङ यसअघि पनि उक्त समितिका सभापति नै थिए । “सरकारबाट आएका सिफारिस सभामुखकोमा होला, त्यो प्राप्त भएपछि सुनुवाइका लागि उजुरी दिने समयसहितको सूचना प्रकाशन गरिनेछ ।”– गुरुङले भने । विगतमा ७५ सदस्यीय रहेको सो समितिमा गणपूरक सङ्ख्या पु¥याउनसमेत गाह्रो परेको अनुभव सुनाउँदै  वर्तमान १५ सदस्यीय समिति छरितो रहेको पनि प्रतिक्रिया दिए । व्यवस्थापिका–संसद्को संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा  गुरुङ निर्विरोध निर्वाचित भएका थिए । उनलाई सभापतिमा निर्वाचित गरियोस् भनी नेकपा एमालेका गणेशमान गुरुङले प्रस्ताव गरेका थिए । नेपाली काँग्रेसका चिनकाजी श्रेष्ठको समर्थन रहेको थियो ।