धरान / जसवन्त गुरुङ उर्फ पूर्ण राईलाई प्रहरीले नियन्त्रणमा लिनको लागि २ राउण्ड गोली प्रहार गर्नु परेको छ । गुण्डा नाइकेको रुपमा परिचित राईलाई प्रहरीले आजै नियन्त्रणमा लिएका छन् । Pestol-attack जर्वजस्ती रकम उठाउने गरेको उजुरीको आधारमा पक्राउ गर्न गएको टोलीले बिहीबार दिउसो बिजुलीबजारमा राईलाई गोली प्रहार गरी नियन्त्रणमा लिएको हो ।   गोली लागेर राई घाइते बनेको प्रहरीले बताएको छ । हाल उनको बीर अस्पतालमा उपचाररत छन् । विभिन्न क्षेत्रबाट अवैद्य रुपमा चन्दा असुली गर्दै आएका उनी प्रहरीको निसानामा लामो समयदेखि थिए । त्यसो त प्रहरीले उनलाई बारम्बार पक्राउ गरे पनि छुट्दै आएका थिए ।   होटल रेष्टुरेन्टबाट रकम असुली गर्ने, पार्किग क्षेत्रबाट रकम असुल्ने गरेको उजुरी प्रहरी प्रधान कार्यालय काठमाडौंमा आएको थियो । पक्राउ गर्न गएको प्रहरी टोलीलाई राईले रड सहित आक्रमण गरेपछि नियन्त्रणमा लिन गोली चलाइएको महाशाखाका एसएसपी सर्वेन्द्र खनालले बताए ।