akhatiyarधरान / अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा परेको बेनामे उजुरी सार्वजनिक भएपछि मेची अञ्चलमा खलबली मच्चिएको छ । अख्तियारमा गरिने उजुरी र छानविन गोप्य हुनुपर्ने कानूनी व्यवस्था भए पनि गोप्य उजुरी सार्वजनिक भएपछि अख्तियारको विश्वसनीयतामा पनि प्रश्नचिह्न लागेको छ । मेची अञ्चलका १९ जना चिकित्सकविरुद्ध परेको उजुरीबारे बिर्तामोडबाट प्रकाशन हुने एक दैनिक पत्रिकामा समाचार प्रकाशन भएको थियो । समाचार प्रकाशनबाट आपूmहरुको मानहानी भएको भन्दै चिकित्सकहरुले छानविनको माग गरेका छन् । ‘सचेत नागरिक समूह’ का नाममा जारी विज्ञप्तिलाई प्रायोजित विज्ञापनको रुपमा प्रकाशन गर्ने र भुक्तानी दिने काममा पत्रकारहरु एकराज गिरी र सुरेन्द्र भण्डारीसमेत संलग्न भई उनीहरु नै कार्यरत् दैनिक पत्रिकामा चिकित्सकको सूची प्रकाशित भएपछि चिकित्सकहरुले आपत्ति जनाएका हुन् । आपूmहरु कार्यरत् अस्पताल र पेशालाई समेत बदनाम गर्ने उद्देश्यले सुनियोजित प्रचार गरिएको भन्दै चिकित्सकहरुले घटना छानविन गरी दोषीमाथि कारवाही गर्न प्रशासनसँग माग गरेका छन् । यसबारे ब्लाष्टले बुधबार समाचार प्रकाशन गरेको थियो । मेची अञ्चलका साना अस्पताल र क्लिनिकमा कार्यरत् चिकित्सकहरुले बिरामीलाई कमिसनको लोभमा भारतको पश्चिम बङ्गालका अस्पतालमा रेफर गर्ने गरेको भन्दै अख्तियारमा बेनामे उजुरी परेको समाचार ब्लाष्टमा आएको थियो । चिकित्सक सङ्घका अध्यक्ष डा. पिताम्बर ठाकुरले भने, ‘आप्mनो अस्पतालमा उपचार सम्भव नभए बिरामीलाई रोगसँग सम्बन्धित विज्ञ चिकित्सक रहेका अस्पतालमा लैजान सल्लाह दिने गरेका छौँ । हामीले सल्लाह दिने मात्र हो, कुन अस्पतालमा लाने भन्ने निर्णय बिरामीका आफन्तले नै गर्ने हो ।’ अर्का चिकित्सक डा. लक्ष्मी मैनालीले अख्तियारमा परेको गोप्य उजुरी सार्वजनिक भएको विषयमा छानविन जरुरी रहेको बताए । उनले केही दिनभित्रै छानिने चिकित्सक सङ्घको नयाँ नेतृत्वले यो मुद्दालाई प्राथमिकतामा राख्ने बताए । ‘हामीले हाम्रो पेशागत मूल्य र मान्यतालाई मान्दै आएका छौँ । दोष प्रमाणित नभई छानविनमै रहेको विषयलाई सार्वजनिक गर्नु नियोजित अपराध भएको हामीले ठहर गरेका छौँ ।’ उनले भने । चिकित्सकहरुविरुद्ध केही समययता भइरहेको प्रचारबाजीमा बिर्तामोडको बीएन्डसी अस्पतालका सञ्चालकहरुको संलग्नता रहेको स्रोतहरुले बताए । बीएन्डसी अस्पतालमा बिरामी रेफर नगरिएका कारण उनीहरुले नियोजित प्रचारबाजी गरेर साना अस्पताल बन्द गराउने षड्यन्त्र रचेको स्रोतको दावी छ । अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले भने यस विषयमा अनभिज्ञता देखाए । उनले भने, ‘म नागरिक समाजको मान्छे हुँ, म माओवादी केन्द्रको नेता हँु । यो विषय मलाई थाहा छैन, यस्ता कुरा मलाई नसोध्नुस् ।’ उनले आप्mनो अस्पताल नेपालकै उत्कृष्ट रहेको दावी गर्दै भने, ‘म आज मात्रै झापा आएको हुँ, मलाई यो विषयमा केही जानकारी छैन र यस्ता गतिविधि गर्न जरुरी पनि छैन ।’ उनले आपूm डेढ महिना जापान बसेर आएको र पत्रकारहरुलाई सहयोग गर्ने गरेको बताउँदै थपे, ‘म तपाईंहरुलाई सहयोग गर्छु । यस्ता विषयमा मलाई नसोध्नुस् र समाचार नबनाउनुस् ।’ बरु आप्mनो अस्पतालमा भएका दुर्लभ उपचारका विषयमा समाचार लेख्न प्रसाईंले सुझाव दिए । उता अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरीस्थित क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र शर्माले अख्तियारका काम गोप्य रहने र सार्वजनिक गर्न नमिल्ने बताए । उनले मुद्दाको किनारा नलागी केही पनि कुरा खुलाउन र जानकारी गराउन नमिल्ने आयोगको आचारसंहितामा स्पष्ट उल्लेख भएको प्रष्ट्याए । उनले भने, ‘चिकित्सकको नाम सार्वजनिक भएको विषयमा छानविन गरी दोषीलाई कारवाही हुन्छ ।’ झापाका सहायक प्रमुख जिल्ला अधिकारी गोविन्द सापकोटाले यो विषयमा छानविन गरी कारवाही गर्ने बताए ।