धनबहादुर पुरी, तरहरा  / नेपाल सरकारले २०६२ सालदेखि राष्ट्रिय रुपमा धान दिवस मानाउन थाल्यो । त्यसपछि कहिलै हिलोमा नपस्नेहरु पनि असार १५ का दिन धानखेतमा गएर रमाउन थाले । तर किसानका समस्याहरु भने अहिले पनि जस्ताका तस्तै छन् । मानो रोपेर मुरी उब्जाउने वेला शहरीयाहरुलाई फोटो खिचेर रमाईलो गर्ने र फेसबुकमा हाल्ने पर्व भए पनि वास्तविक किसानहरुको लागी भने सिचाईनै टाउँको दुखाईको विषय वन्दै आएको छ । अषाढ १५ मा दही चिउरा खाने साउनमा खिर खाने प्रचलन पनि हाम्रो सस्कृती भित्र कै हो । खेत रोपाई गर्दा असारे भाकाको सुरीलो स्वरमा बाजागाजाका साथ गित गाउदै, हातको विऊ हिलो माटोमा छुपु, छुपुको आवाज संगै रोपाराहरुले रोप्ने पनि सस्कृतीनै हो । आषाढ १५ लाई कृषकहरुले मौलीक चाडको रुपमा पनि हिलो खेल्ने, दही र चिउरा Untitled-5 copyखाने परपमंपरा छ । बुढापाकाहरुले अषाढ १५ को दिन लाई मानु खाएर मुरी उब्जाउने दिनको रुपमा पनि लिने गर्दछन । धान उत्पादनका लागि पकेट क्षेत्र मानिएको सुनसरी, मोरगं, झापा लगायतका क्षेत्रमा सिचाईको अभावमा प्रयाप्त धान रोपाई हुन नसकेको जिल्लाका कृषि सम्बन्धि कार्यालयका तथ्याकंहरुले उल्लेख छ । सिचाई अभावको कारण किसानहरुले धान रोप्न नभएको गुनासो गर्छन । सुनसरी पकलीका किसान दुखीलाल चौधरीले समयमा पानी नपरेका कारण मात्रै होइन समयमा रसायनिक मल नपाएका कारण पनि हैरानीमा परेको सुनाए । मल पाईदैन ,धान रोप्ने वेलामा पानी आउँदैन धान रोपिएन भने अर्को वर्ष खान पाईदैन उनले देखेसो मान्दै भने । कृषिमा आधुनीकिरण गरि उत्पादकत् OLYMPUS DIGITAL CAMERA व बढाउन भने कसैको ध्यान गएको छैन । धान दिवसका अवसरमा किसानका खेत सम्म राजनीतिक दलका नेता तथा कार्यकर्ता पुगेर कृषीमा आधुनीकिकरण र यान्त्रीकरण गर्ने त बताए पनि औपाचारिकतामा सिमति हुँदा किसानका दुख भने अहिले पनि जस्ताका तस्तै भएको किसानहरु वताउँछन ।  उन्नत जातको धानको बिउ र प्रबधी खेत सम्म पुग्न नसकेको किसानहरु दुखेसो गर्छन । धान दिवसका दिन सामाजिक संघ सस्था मात्रै होइन राजनीतिक दलका नेता र कार्यकताहरु पनि औपाचारिकता पुरा गर्न तछाँड मछाड गर्छन् । कृषि क्षेत्रमा सरकारको ठोस नितिको अभावमा उत्पादन हुन छाडेपछि आजभोली कृषकहरु लाई कृषि श्रमिकहरु लाई ज्याला दिएर खेत रोपाई गर्न नसक्ने अवस्थामा पुगेको भरौलका किसान देवराज पुरीले वताए । उनले भने आफ्नो धान खानको लागी मात्र १० कठ्ठा खेत भए पनि पानी आएको वेला मजदुर अभावका कारण रोप्न नसकेको दुखेसो उनको छ । वैदेशिक रोजगारको लागी युवाहरु वदेश पलायन हुने क्रकका कारण खेताला पाईदैन उनले भने । किसान संघ सुनसरीका अध्यक्ष बिष्णुडाँगीले कृषि पेसामा सबैको सहकार्य हुन आवश्यक रहेको वताउँछन । २०२३ /२४ साल देखिनै कृषि लाई आधुनि प्रणालीमा लैजाने निति लिएर राज्यले कृर्षि विकासको कार्यालय प्रत्यक जिल्लामा स्थापना गर्दै कृषिको छुट्टै मन्त्रालय समेत बनायो । तर कृषिमा राज्यले अरवौ रुपैया खर्चे गरे पनि त्यो प्रभावकारी हुन सकेको छैन । दिघ्रकालिन कृषि योजना मध्य पहाडी र तराईका उर्वर भूमिमा सरकारले दिन सके कृषिमा धेरै युवाहरु लाई रोजगारी दिने पक्का छ । तसर्थ सरकारले धानबालीमा आत्मनिर्भर हुनका लागि न्युनतम आवश्यक कृषीजन्य वस्तुहरुको सहज उपलब्ध गराउँदै सिचाईको राम्रो व्यवस्था गर्नपर्छ ।