धरान / विषादी मापन यन्त्र राजधानी बाहिरका पाँच ठूला सहरहरुमा राखिने तयारी सरकारले गरेको छ ।
विषादीको परीक्षण गर्नको लागि नेपालका पाँच ठूला सहरहरुमा प्रयोगशाला स्थापना गरिने भएको हो । काठमाडौंको कालिमाटीमा झण्डै दुईवर्ष अघि नै विषादी परीक्षण गर्ने यन्त्र राखिएको थियो । सरकारले सबै क्षेत्रमा एक वर्ष अघि नै पुर्याउने दाबी गरे पनि हाल आएर मात्रै निर्णय भएको छ ।

यसले गर्दा काठमाडौं बाहिरका उपभोक्ताहरुले पनि विषादीको अवस्था बारे थाहा पाउने भएका छन् । सरकारले दिएको जानकारी अनुसार नेपालगञ्ज, बुटवल, पोखरा र नारायणगढमा प्रयोगशाला राख्ने निश्चित भइसकेको छ भने पूर्वको विराटनगर या विर्तामोड कहाँ राख्ने भन्ने बारे तय भइसकेको छैन् ।
आउँदो आर्थिक वर्षबाट विषादी परीक्षण गर्ने यन्त्र राखिसक्ने तयारी कृषि विभागअन्तरगतको बाली संरक्षण निर्देशनालयले गरेको छ ।
निर्देशनालयका कार्यक्रम निर्देशक डिल्लीराम शर्माले कृषि मन्त्रालय अन्तरगतको कृषि तथा व्यापार आयोजना ९प्याक्ट० ले प्रयोगशालाका लागि आवश्यक सामग्री र उपकरण खरिद गर्न टेण्डर आह्वान गरिसकेको बताए ।
त्यस्का लागि निर्देशनालयले २० जना कर्मचारीलाई तालिम दिएर तयारी अवस्थामा राखेको छ ।