शनिश्चरे/जिल्लामै नमूना काम गरेर यस वर्ष प्रथम पुरस्कार हात पारेको मोरङको लेटाङभोगटेनी–७ स्थित नमूना सामुदायिक वन उपभोक्ता समूहले विपन्नका लागि घर निर्माण गरिदिएर झनै नमूना काम गरेको छ ।
विपन्नमुखी कार्यक्रमअन्तर्गत सहयोग सामग्री वितरण कार्यक्रममा समूहले आइतबार लेटाङभोगटेनी–७ को विपन्न समुदायका टेकबहादुर श्रेष्ठका लागि निर्माण गरिरहेको घर हस्तान्तरण गरेको छ । समूहले पहिलोपटक विपन्नका लागि घर सहयोगको कार्यक्रम अघि सारेको हो । क्षेत्रीय वन निर्देशक मनबहादुर खड्का र जिल्ला वन अधिकृत दीपक ज्ञवालीले श्रेष्ठलाई ढोकाको साँचो प्रदान गरेर घर हस्तान्तरण गर्दै परिवारको समग्र जीवनको उन्नतिको कामना गरे ।

भूइँतले दुई कोठा र एउटा बरण्डा रहेको टिनको छाना भएको हालसम्मको लागत २ लाख रुपैयाँ छ । भ्याल–ढोकासहितको काम भने सम्पन्न गर्न बाँकी छ । वनबाट काठको प्रबन्ध गरिएको छ भने अन्य सामग्री किन्न र मिस्त्री लगाउन समूहले रकम प्रदान गरेको छ । ‘सधैँ भाडामा बस्नुपरेको बेला यस्तो घर पाउँदा खुसी लागेको छ ।’
श्रेष्ठले केही अप्ठ्यारो शैलीमा भने । घरको साँचो लिइसकेपछि उनले आपूmलाई घर बनाइदिने वन संरक्षणमा सधैँ सहयोग पु¥याउने बताए । त्यसै क्रममा खड्का र ज्ञवालीले समूह अध्यक्ष गोपाल शर्मा चम्लागाईंतिर फर्किएर एकै स्वरमा भने, ‘नमूना समूहले यस्ता व्यक्तिको जीवनका लागि नमूना काम गरेकोमा बधाई ।’
कार्यक्रममा खड्काले उपभोक्ताहरुमाथि केन्द्रित भएर थपे, ‘समितिले त नमूना काम ग¥यो नै । तर वैज्ञानिक वन व्यवस्थापनले स्थानीयको समृद्धि, पर्यावरण संरक्षणसहितका दीर्घकालीन फाइदा पु¥याइरहने भएकाले सबै उपभोक्ता चाहिँ दीर्घकालीन रुपमै सचेत भएर वन व्यवस्थापनमा लागिरहनुपर्छ ।’ उनीहरुले त्यहाँको खाली जग्गामा वृक्षारोपणसमेत गरेपछि श्रेष्ठको अवस्था र बन्दै गरेको घर अवलोकन गरेका थिए ।
ज्याला मजदुरी गरेर पाँच सदस्यीय परिवारको लालनपालन गरिरहेका श्रेष्ठ यसअघि भाडामा बस्थे । समूहले उनका लागि घर निर्माण गरिदिँदा उनका सुस्त अवस्थाका तीन सन्तानसहितको सिङ्गो परिवारलाई ठूलो राहत मिल्ने ठानेर घर निर्माणको काम थाल्यो । त्यसअघि समूह र स्थानीय अगुवाले उनका लागि घर बनाउने जग्गाको पनि चाँजोपाँजो मिलाएका थिए । श्रेष्ठसँग कत्ति पनि पैसा थिएन । लेटाङ बचतमा जग्गा धितो राखेर ३ लाख २५ हजार ऋणको प्रबन्ध गरेपछि उनको परिवारका लागि ओत लाग्ने छानो निर्माण गर्न सजिलो बनेको समूह अध्यक्ष चम्लागाईंले सुनाए ।
‘समूहले आप्mनो आम्दानीको ३५ प्रतिशत रकम गरिबी न्यूनीकरणमा खर्चिनुपर्ने प्रावधानका लागि पहिलो प्राथमिकता श्रेष्ठलाई दियौँ । अब थप करीब ५० हजार रुपैयाँको लगानीपछि केही दिनमा घर निर्माण सकिन्छ ।’
त्यहाँ विपन्न समुदायका परशुराम धमला, मीना बुढाथोकी, कोपिला बुढाथोकी, सिंहबहादुर गुरुङ र लालबहादुर श्रेष्ठलाई १ लाख ३८ हजार ३ सय ७० रुपैयाँ बराबरका ५÷५ वटा बाख्रा वितरण गरियो ।
कृष्णदेवी शाह, रेखा शाह र निर्मलादेवी शाहलाई ९३ हजार ८ सय १६ रुपैयाँ लागतमा चटपटे बिक्रीका लागि ठेला तथा मनमाया लिम्बू र सुशीला विकलाई पसल सञ्चालनका लागि कुल ५९ हजार ५ सय ७५ रुपैयाँ लागतका दुईवटा काठे घुम्तीसमेत वितरण हुँदा विपन्न समुदायको आँेठमा मुस्कान छाएको थियो । अन्य ३ जनालाई कम्प्युटर र २ जनालाई डइभिङ तालिम समेत समूहले प्रदान गरेर गरिवी न्यूनिकरणमा सघाएको थियो । कार्यक्रम संयोजक खुसमाया घिमिरेले स्मरण गरिन्, ‘वैज्ञानिक वन व्यवस्थापनको काम शुरु भएपछि आम्दानी पाँचौँ गुणा बढ्यो र यसरी विपन्नको समस्यामा सघाउन पाइयो । आगामी वर्ष अन्य विपन्नका लागि पनि यसखाले सहयोग गर्दै लानेछौँ ।’