गछिया/ नेपाल सरकारले वर्षे पिच्छे असार महिना देखि खोलाजन्य पदार्थ बालुवा गिट्टी निकासीमा सरकारले रोक लगाए पनि कानुन कार्यन्वयन कडाई नहुदा सुनसरी मोरङका खोलाहरुबाट अबैध रुपमा खोला जन्य पदार्थ निकासी भईरहेको पाईएको छ । प्राय रातको समयमा चोरी भईरहेको प्रहरीहरु आफै स्वीकार गर्छन ।
प्रशासनले निकासी बन्द भएको भने पनि अधिकांश खोलाहरुवाट ढुंगागिटी तथा वालुवा जथाभावी उत्खलन गरेर चोरी निकासी भईरहेको खुलासा भएको हो । सुनसरी मोरङका खोलाहरुवाट अबैध रुपमा ढुंगागिटी तथा वालुवा निकासी भइरहेको पाईन्छ । चोरी गरेर ल्याएको वालुवा ,गिट्टीको समेत कालोबजारी भईरहेको छ ।

बन्दको वेला पाईदैन भन्दै वालुवा गिट्टी किन्न समेत सर्वसाधरणले पहिलाको मुल्य भन्दा धेरै वढाएर विक्रि गर्ने गरेको इटहरीमा घर वनाउँदै गरेका स्थानीयले नाम नखुलाउँने सर्तमा भने । गछियाको वालुमा महङ्गो पर्छ भन्दै पहिलाको मुल्यमा १ हजार रुपैया वढाएको उनको भनाई थियो ।
मोरगंको उत्तरी खोला ,सुनसरीको विभिन्न साना खोलाहरुवाट रातको समयमा बालुवा गिट्टी लोड गर्ने गरेको सर्वसाधरणको भनाई छ । गछिया खोला र वुढी खोलावाटै प्रहरीलाई टिपको पाँच सय रुपैया दिएर केहि ट्याक्टर ब्यावसायीहरुले तस्करी गर्ने गरेको एक ट्याक्टर ब्यावसायीले नाम नखुलाउँने सर्तमा भने । हाम्रो ट्याक्टर खोलामा गयो भने प्रहरीले पक्रिहाल्छ तर केहि पैसा खुलाउँनेहरुको ट्याक्टर खोलामा जथाभावी वालुवा गिट्टी निकासी गर्दा पनि प्रहरी वोल्दैन उनले दुखेसो गदै नाम नभन्ने सर्तमा सम्वाददातालाई भने ।
प्रहरीले खोलाजन्य पदार्थमा कडाई गरेको दावी गरे पनि रातको समय र दिउँसै निकासी भईरहेको इटहरी ३ का स्थानीयवासी जगदिश पौडेलले वताए ।
उनले भने रातभरी ट्याक्टरहरु कुदिरहेको र खोलामा होहल्ला हुने गरेको वताए । अहिले पनि खोलावाट वालुवा गिट्टी निकासी नरोकिएको उनको भनाई थियो । अवैध रुपमा हुने खोला जन्य पदार्थको निकासीले देवदह भएर बग्ने खोला सतह गहिरिदै गएको तथा चुरे क्षेत्रका जमिनहरु पनि कमजोर बन्दै गएको छ । अवैध रुपमा भईरहेको ढुङगा, गिट्टी निकासी कार्यप्रति नदी नियन्त्रण तथा व्यवस्थापन कमजोर भएको सर्वसाधरणले आरोप छ ।
बालुवा गिट्टी निकासीहरुलाई रोक लगाएको इलाका प्रहरी कार्यलय वेलवारीका इन्स्पेक्टर मेघराज थापाले वताए । उनले भने ट्याक्टरहरु पस्न नदिएको भन्दै अहिले रात्रीको डियुटी समेत वढाएको उनको भनाई थियो । ट्याक्टरहरु दैनिक रुपमा जस्तो पक्राउ गरीरहेको र पक्राउ परेको ट्याक्टरलाई जिविसमा वुझाउँने गरेको वताए । हामीले खोला क्षेत्रमा अहिले विशेष ध्यान दिएको छौ । गछिया खोला मात्र नभई अरु साना खोलाहरुलमा समेत कडाई गरेको वताए ।
उनले भने जरीवना वापत जिविसले १० हजार रुपैया लिने गरेको छ ।
इलाका प्रहरी कार्यलय इटहरी इन्स्पेक्टर राजन कार्कीले भने लुकी छिपि निकासी भईरहेको भए पनि पछिल्लो समयमा कडाई गरेको वताए । उनले भने हामीले खोलामा कडाई गरेका छौ । इन्स्पेक्टर कार्कीले भने खोलामा छिरेको ट्याक्टरहरुलाई पक्राउ गरीरहेको वताए । बुढी खोलाबाट प्रहरीले ढुंगा, गिट्टी र बालुवा लोड गदैं गर्दा पाँचवटा ट्रयाक्टर पक्राउ गरेपछि चोरी–निकासी भइरहेको पाइएको हो । बुढी खोला नदीमा आठ स्थानलाई संवेदनशील क्षेत्र घोषणा गरिएपनि जहाँबाट पायक पर्छ त्यही स्थानबाट चोरी–निकासी गर्ने गरिएको छ ।