काठमाडौं । मंगलबार अचानक वान्ताभएपछि ओम अस्पताल भर्ना भएका नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालालाई भेन्टिलेटरबाट निकालिएको छ । बुधबार बिहानदेखि अचेत अवस्थामा रहेका डा. कोइराला बोल्नसमेत थालेका छन् । उपचारपछि निक्कै सुधार भएका कोइरालाले आफ्ना नजिकका आफन्तहरुसमेत खोजेका छन् । भेन्टिलेटरबाट निकाल्ने क्रममै बोल्न थालेका थिए । अस्पताललेसमेत उनको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएकाले भेन्टिलेटरबाट निकालिउको बताएको छ । Sashanka-koirala कोइरालाका निजी सचिव भरत तिवारीले कांग्रेस सपभाति शेरबहादुर देउवालाई देखेर केही प्रतिक्रियासमेत दिएको बताएका छन् । डा. कोइरालाले श्रीमतिलाई हातको इसाराले बोलाउँदै निजी सचिव भरतलाई खोजेको बताइएको छ । हाल खबर बुझ्ने क्रममा बरिष्ठ नेता रामचन्द्र पौडेलको हात समाएको निजी सचिव तिवारीले बताए । भेन्टिलेटरबाट निकालिएको उनलाई अहिले आइसियुमा राखिएको छ । उपचारमा संलग्न चिकित्सक हरिकिशोर श्रेष्ठले कोइरालाको आवाजहरुमासमेत रेस्पोन्स राम्रो देखिएको बताए ।