राजविराज/ जग्गा रजिस्ट्रेशन गराउने क्रममा कर्मचारीले एक सेवाग्राहीलाई कुटपिट गरेको विषयमा उत्पन्न विवादका कारण यहाँस्थित मालपोत कार्यालयका दैनिक कामकाज ठप्प भएको छ । जग्गा पास गराउन मालपोत गएका राजविराज–१० का ३४ वर्षीय श्यामप्रसाद साहलाई बुधबार कार्यालयका कर्मचारीहरुले निर्घात कुटपिट गरी घाइते बनाएका थिए । जग्गा पास गराउन प्रक्रिया अगाडि बढाउने क्रममा रजिस्ट्रेशन फाँटका कर्मचारी धर्मेन्द्र खड्का र योगेन्द्र अधिकारीले चाँडो काम अगाडि बढाइदिने भन्दै आपूmसँग २ सय रुपैयाँ मागेको पीडित साहको भनाइ छ । आपूmले घूस नदिने अडान लिएपछि उनीहरुले कागज फालिदिएको उनको भनाइ छ । आपूmले ‘सेवाग्राहीको काम गर्नु तपाईंहरुको दायित्व हो’ भनेपछि खड्का र अधिकारीले गालीगलौज गर्दै कुट्न थालेको उनले बताए । malpot- आपूलाई कुट्न थालेको देखेर मालपोतका जामुन यादव, पशुपति देवलगायतले मुक्का, रड र धारिलो हतियारले हिर्काएको बताउँदै उनले भने, ‘शुरुमा त दुईजनाले कुट्यो, त्यसपछि कार्यालयका अन्य कर्मचारीहरु समेत आएर मलाई मरणासन्न हुने गरी कुटेको अन्य सेवाग्राहीले देखेपछि उनीहरुले नै जोगाइदियो ।’ जीउभरि नीलडाम र घाउ देखाउँदै उनले भने, ‘यसरी खुलेआम घूस मागिन्छ र नदिएपछि कानूनलाई हातमा लिएर डनको शैलीमा कुटिन्छ ।’ सेवाग्राहीसँग यस्तो व्यवहार गर्ने कर्मचारीलाई कडा कारवाही गर्न पीडित साहले माग गरेका छन् । जिल्ला प्रहरी कार्यालयका डीएसपी दानबहादुर कार्कीको नेतृत्वमा आएको टोलीले आरोपित कर्मचारी र पीडित साहलाई भ्यानमा राखेर प्रहरी कार्यालय लगेको थियो । कर्मचारीहरुलाई तत्कालै छाडिएको भन्दै आक्रोशित सर्वसाधारणले कामकाज अवरुद्ध पारेका हुन् । दोषी कर्मचारीलाई कारवाही नगरिएसम्म कार्यालयका कामकाज ठप्प पार्ने अडान उनीहरुले राखेका छन् । जिल्ला विभिन्न दलका नेताहरुले समेत सो आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् । सप्तरीका प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले मालपोत कार्यालय पुगेर काम सुचारु गराउन पहल गरे पनि प्रयास विफल भएको छ । उनले निजामती कर्मचारीलाई ऐनअनुसार विभागीय कारवाही गर्ने बताए पनि आन्दोलनकारीहरु मान्न तयार भएनन् । दोषी कर्मचारीलाई प्रहरी नियन्त्रणमा लिएर कारवाही नगरेसम्म कार्यालय सुचारु हुन नदिने अडान आपूmहरुले राखेको सङ्घीय समाजवादी फोरमका राजनीतिक समिति सदस्य शैलेन्द्रप्रसाद साहले जनाए । यो विषयमा सर्वपक्षीय बैठक बसेर ठोस निर्णय लिने सद्भावना पार्टीका केन्द्रीय सदस्य दिनेश यादवले बताए ।