विजयपुर/नेकपा (एमाले) धरानको संस्कृती पर्यटन तथा वातावरण बिभागले शनिबार धरानको पिण्डेश्वर मन्दिर परिषरको सरसफाई गरेको छ । बोलबम सुरु हुने पुर्व सन्ध्यामा मन्दिर परिषरको सरसफार्इं गरेको हो । साउन महिनाभरीका प्रत्येक मङगलबार मन्दिरको सरसफाई गरिने संस्कृती पर्यटन तथा वातावरण बिभागका प्रमुख बिकाश बनेपालीलेले बताए । शनिबारको सरसफाई कार्यक्रमको उद्घाटन एमाले सुनसरी जिल्ला सदस्य तथा धरान सह इन्चार्ज जयकुमार राईले गरेका थिए ।
कार्यक्रममा एमाले धरानका अध्यक्ष तारा सुब्बाले एमाले अब बिकाश र आर्थिक संबृद्धिका मुद्धामा केन्द्रित हुने बताउदै स्थानिय स्तरका हरेक समस्यमा नागरिक सँग हातेमालो गरेर अगाडि बढ्ने बताए ।
कार्यक्रममा एमाले धरानका उपाध्यक्ष नारायण सुबेदी,सचिब राजमणि निरौला लगायतको उपस्थिती रहेको एमाले प्रचार बिभागका प्रमुख शेरबहादुर परियारले जानकारी दिए ।कार्यक्रम एमाले धरानका सदस्य गिरीराज खतिवडाले सञ्चालन गरेका थिए ।तस्विर उपलब्ध छ ।