
ताप्लेजुङ / शनिवार विहानको बर्षाले पहिरो गएर ताप्लेजुङको तापेथोक गाउ विकास समितिमा अलपत्र परेकाहरुको हिजो साँझ उद्धार गरिएको छ । तापेथोक प्रहरी चौकिका असई प्रदिप राईको नेतृत्वमा गएको प्रहरी र लेलेप र तापेथोकबाट गएका स्थानियबासिको सकृयतामा लामाटार, जौवारी र हेक्कुलेमा रहेका ७ परिवार मध्ये चार परिवारलाई हिजो साँझ सोत्लिमाको सुरक्षित स्थानमा सारिएको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले जानकारी दिए । तीन परिवार शनिवार दिउसै सरिसकेको उनले बताए । पहिरोमा हराएकी भनिएकी चन्द्रमाया राई भेटिएको र मनिता राई भने अफै बेपत्ता रहेकी प्रजिअ पाण्डेले बताए । बाढिले त्यो क्षेत्रमा धेरैवटा पहिरो बनाएको र कञ्चनजंघाको आधार शिविर घुन्साजाने बाटो समेत अवरुद्ध बनाएको स्थानियले बताएका छन् । तर खाद्यान्न लगायतको समस्या नरहेको प्रशासनले जनाएको छ । सो क्षेत्रमा गएको पहिरोका कारण ममता राई भने वेपत्ता भएको स्थानियले जनाएका छन् ।